काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारीले देशमा बिचौलियातन्त्रको अन्त्य गर्नका लागि सरकारले काम गर्नुपर्नेमा जोड दिएका छन् ।
आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भण्डारीले किसानहरुलाई बाँदरहरुले दुख दिइरहेकोप्रति सरकारको ध्यानाकर्षण गराए । त्यस्तै ती बाँदरहरुलाई बन्ध्याकरण गरेर नियन्त्रण गर्न लागिए पनि किसान र उपभोक्ता समक्ष बिचौलियाको काम गर्ने बाँदरहरुलाई के गर्ने भन्दै प्रश्न गरे ।
त्यस्तै नेपालमै सम्भावना हुँदाहुँदै पनि युवाहरु पलायन भइरहेको विषयमा सरकारले चासोको साथ त्यसमा काम गर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया