नेपालले नामिबियालाई दियो १ सय ६९ रनको लक्ष्य

लोकपथ
371
Shares

काठमाडौं । नेपालले नामिबियालाई जितका लागि १ सय ६९ रनको लक्ष्य प्रस्तुत गरेको छ । बुधबार टियु क्रिकेट मैदानमा भएको आइसीसी क्रिकेट वर्ल्ड कप लिग–२ खेलमा नेपालले ३७ ओभरमा अलआउट हुँदै १ सय ६८ रन जोडेको हो ।

३७ ओभरमा अल आउट भएको नेपालका लागि आशिफ शेखले ५८ रन बनाए । त्यस्तै, कुशल मल्लले ३८ रनको योगदान गरे । भीम शार्कीले २६ रन जोडे । यसैगरी कुशल भुर्तेल १८ र करण केसी १२ रन बनाएर आउट भए ।

नेपालका कप्तान रोहित पौडेलकाे भने आज ब्याट राम्रो चलेन । उनी शून्य रनमै आउट भए । उनीसँगै अनिल साह र देव खनाल पनि शून्य रनमै आउट भए ।

नामिबियाका बर्नार्ड स्कोल्ज एक्लैले ४ विकेट लिएका छन् । त्यस्तै, निकोल लोफ्टि-इटनले ३ विकेट लिए । नामिबियाका ज्याक ब्रेसल र जेराल्ड एरास्मसले समान एक-एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?