राष्ट्र बैंकले भन्यो–‘हल्लाको पछि नलागौँ, सर्वसाधारणको निक्षेप पूर्ण रुपमा सुरक्षित छ’

लोकपथ
1.2k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणको निक्षेप सुरक्षित रहेको बताएको छ ।

केही व्यक्ति तथा समूहले बैंकमा निक्षेप जम्मा गरेका सर्वसाधारणको निक्षेप डुब्न लागेको भन्दै अफवाह फैलाएको भन्दै हल्लाको पछि नलाग्न आग्रह गरेको हो ।

बैंक तथा वित्तीय संस्थाप्रति आक्रामक बन्दै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले फागुन १ गते काठमाडौंमा कार्यक्रम आयोजना गरि नामै तोकेर केही बैंकमा रहेको निक्षेप डुब्न लागेको दाबी गरेका थिए । साथै केही बैंक तथा वित्तीय संस्थाका बारेमा नकारात्मक समाचार आएपछि राष्ट्र बैंकले त्यसको खण्डन गर्दै त्यसबारेमा सचेत गराएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?