चर्चामा ‘टाइगर भर्सेस पठान’

लोकपथ
560
Shares

काठमाडौं । बलिउड सुपरस्टार सलमान खान र शाहरुख खानको बहुप्रतिक्षित फिल्म ‘टाइगर भर्सेस पठान’ अहिले चर्चामा छ । ‘टाइगर ३’ र ‘पठान’को सफलतापछि अब निर्माताहरुले जासूस ब्रह्माण्डको सबैभन्दा ठूलो फिल्मको सुटिङको बारेमा अपडेट लिएका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार सलमान र शाहरुखले अप्रिलको सुटिङ शेड्युलको मिति तोकेका छन् । चलचित्रको छायांकन जुन वा जुलाई महिनाबाट सुरु हुने बताइएको छ । निर्माताहरुले अहिले चलचित्रको छायांकन गरिरहेका छन् । योसँगै फिल्मको प्रि–प्रोडक्सनको काम पनि तिव्र गतिमा भइरहेको छ ।

यद्यपी कट्रिना कैफ र दीपिका पादुकोण फ्रेन्चाइजीमा फर्कने वा नआउने भन्ने कुनै जानकारी अहिलेसम्म खुलेको छैन । ‘टाइगर’ मा कट्रिना जोयाको भूमिकामा देखिएकी थिइन् भने दीपिका ‘पठान’ मा जासूस रुबिनाको भूमिकामा देखिएकी थिइन् ।

‘पठान’ र ‘टाइगर ३’ को सफलतालाई हेर्दा ‘टाइगर भर्सेस पठान’ पनि सोही हिसाबले ठूलो फिल्म बन्न सक्छ भन्ने अनुमान गर्न सकिन्छ ।यो फिल्मलाई पनि सिद्धार्थ आनन्दले निर्देशन गर्न लागेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?