सलमान खानको परिवारको सुरक्षा बढ्यो, आयुष शर्मा पनि अब बुलेटप्रुफ कारमा

लोकपथ
1.5k
Shares

काठमाडौं । बलिउडका दंबग खान अर्थात सलमान खानको सुरक्षामा प्रहरीले कडाइ गरेसँगै उनको परिवारको लागी पनि सुरक्षा कर्मी बढाइएको छ । यसको कारण ग्याङस्टर लरेन्स बिश्नोईबाट आएको ज्यान मार्ने धम्की हो ।

सन २०२२ देखि नै सलमानलाई ग्याङस्टर बिश्नोईबाट ज्यान मार्ने धम्कि आइरहेको छ । त्यसयता मुम्बई प्रहरीले उनको लागि बेलाबेलामा कडा सुरक्षा व्यवस्था गरेको छ ।

हालै सलमान खानले आफ्नो सुरक्षाको लागी महँगो बुलेटप्रुफ कार किनेका छन् । दिनहुँजसो धम्कि आउन थालेपछि सलमानका परिवार डराएका छन् । यहि कारणले प्रहरीले उनको सुरक्षामा कडाइ गरेको हो । कडा सुरक्षा र सतर्कताका कारण सलमानलाई आफ्नो व्यक्तिगत हतियार राख्न अनुमति दिएको छ ।

साथै सलमान खानका ज्वाई आयुष शर्माको पनि सुरक्षामा कडाइ गरिएको छ । आयुषको आगामी फिल्म एक्सन थ्रिलर फिल्म ’रुस्लान’ मा देखिँदैछन् । अब फिल्मको कुनै पनि प्रमोशनल कार्यक्रममा सहभागी हुन आयुषको सुरक्षाको लागी प्रहरी पनि तैनाथ गरिने भएको छ । साथै उनको परिवारका सदस्यको सुरक्षामा पनि जोड दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?