मायालु मनहरुलाई जोड्दै : ‘अफरिङ ह्याप्पिनेस’, जब बट्टामा चिठ्ठी आइपुग्यो !

काठमाडौं । दुई वर्षअघि ४ जना युवाहरुको एक समूहले आफ्नै देशमा उद्यम गर्ने योजना बुन्यो । तर ‘गर्ने के ?’ यस प्रश्नको उत्तर केलाउँदै जाँदा कैयौं ‘आइडिया’ उनीहरुको मस्तिष्कमा ठोक्किए । उनीहरुलाई केही नयाँ गर्नु थियो जो अहिलेसम्म नेपालमा कसैले नगरेको होस् । यही क्रममा उनीहरुले विदेशमा बस्ने नेपालीहरुले यहाँ भएका आफन्त वा आफ्ना प्रिय मान्छेलाई दिन चाहेको उपहार बनाउने र ‘डेलिभर’ गरिदिने एउटा ‘बिज्नेस मोडल’ तयार पारे । 

उनीहरुले बनाएर डेलिभर गरिदिएको पहिलो उपहार थियो ‘मायाको बट्टा’ जसमा विदेशमा भएका प्रेमीले आफ्नी प्रेमिकालाई मायाप्रेमका कुराहरु लेखेर एउटा बट्टामा पठाउन चाहेका थिए । उनको इच्छा अनुसार त्यो बट्टा तयार भयो । ती ४ जना युवाको समूहले त्यस बट्टालाई प्रेमिकासम्म पु-याइदिए । एकअर्काबाट धेरै टाढा भएका ती प्रेमीप्रेमिका बीचको दूरी एक पलमा शून्य भइदियो । त्यस दिनदेखि आजसम्म दुई वर्ष भयो ‘अफरिङ ह्यापिनेस’ले माया र खुसीलाई विभिन्न स्वरुप र आकारमा बाँड्न थालेको । 

उनीहरुले आफ्नो बिज्नेस मोडलको नाम ‘अफरिङ ह्यापिनेस’ अर्थात् ‘खुसी बाँड्दै’ राखेका छन् । गिफ्ट मात्र नभएर आजकल उनीहरु अनुभुति पनि बाँड्छन् । कुनै ‘थिम’मा रहेर होस् या आफ्ना उपभोक्ताको चाहनालाई बुझेर होस् ‘अफरिङ ह्यापिनेस’ले कैयौंलाई सरप्राइज दिइसकेको छ । दुई मनलाई जोड्ने तार बनिदिएको छ । 

बर्थ डे होस् या एनिभर्सरी आमालाई माया व्यक्त गर्न होस् या रिसाएकी मायालुलाई फकाउन अफरिङ ह्यापिनेससँग टन्नै आइडिया र तरिकाहरु छन् । यहाँ बट्टामा माया बाँडिन्छ । मुस्कानका साना साना टुक्रालाई सँगालेर फ्रेमिङ गरिन्छ । सात समुद्र पार भएका मनहरुलाई एउटै धागोले बाँधिन्छ । यहाँ खुसी फूलाइन्छ ।

केही थान ‘क्रिएटिभ माइन्ड’ ले आफ्नै देशमा नौलो प्रयोग गरेर प्रमाणित गरेका छन् कि सफल व्यक्तिले भिन्न काम गर्दैनन् बरु एउटै कामलाई भिन्न तरिकाले गर्छन् ।

‘अफरिङ ह्यापिनेस’ र यसले बाँडिरहेको खुसी हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् : 

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड २६ छुटाउनुभयो कि र? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?