१४ मङ्सिर २०८०, बिहीवार

यी अर्बपतिले दिए व्यवसायमा सफल बन्ने आइडिया

२०७४,कार्तिक,१२,आईतवार ०५:३३

18
Shares

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले कुनै पनि व्यवसायको सफलता परिवर्तनको नेतृत्व गर्नसक्ने खुवीले निर्धारण गर्ने बताएका छन । यसका लागि आधुनिक प्रविधिसँग आफूलाई हरदम अद्यावधिक बनाई सोहीअनुरुपको परिवर्तन आफ्नो व्यवसायमा उतार्न सक्नु पहिलो सर्त रहेको उनले बताए अक्टोबर २५ देखि २७ सम्म श्रीलंकामा आयोजित नेशनल चार्टर्ड एकाउन्टेन्स् कन्फेरेन्सको ‘किनोट स्पीकर’का रुपमा चौधरीले यस्तो बताएका हुन । करिब पन्ध्र सय सहभागी र अन्य अन्तर्राष्ट्रिय वक्ता उपस्थित कार्यक्रममा बोल्दै उनले आजको परिवर्तनशील समयमा जटिल बन्दै गएका व्यवसायिक समस्या समाधान गर्न उपयुक्त ढंगले प्रभावकारी कदम चाल्न नेतृत्वमा व्यावसायिक तत्परता आवश्यक भएको विचार व्यक्त गरे । ‘नेतृत्वले आफूलाई मात्र परिवर्तन गर्दैमा व्यावसायिक सफलता हासिल हुन सक्दैन, आफ्नो दृष्टिकोण अनुरुप टीमलाई उत्प्रेरित गर्ने खुवी पनि नेतृत्वमा हुनुपर्दछ’ चौधरीले भने आफू मातहतका कर्मचारीलाई उत्प्रेरित गर्नका लागि उनले गौतम बुद्धले शिष्यहरुलाई सुनाएको सितारको तारको उदाहरण दिए । ‘सितारको तार खुकुलो बनाएमा त्यसबाट राम्रो धून सिर्जना हुँदैन । तार धेरै कस्दा पनि चुँडिन्छ । कर्णप्रिय संगीत सिर्जनाका लागि सितारको तारलाई चाहिनेजति मात्र कस्नुपर्छ । संगठनभित्रका कर्मचारी व्यववस्थापनमा पनि यही नियम लागु हुन्छ,’ अध्यक्ष चौधरीले भने आफ्ना उत्तराधिकारीलाई सिक्ने, हुर्किने र आफ्नो पदचिन्ह पछ्याउन सक्ने बनाउने हो भने आफ्नो भूमिकालाई कम गर्दै जाँदा पनि व्यवसायिक चुस्तता कायम रहने चौधरीले बताए । आफू मातहतका प्रवन्धकलाई प्रतिकूल परिस्थितिको सामना गर्न दिएमा उनीहरुको नेतृत्व क्षमता विकास हुँदै जाने र व्यावसायिक चुस्तता पनि कायम भई दोहोरो लाभ लिन सकिने उनको भनाइ थियो । ‘नेतृत्वले आफ्नो टीमलाई सक्षम बनाई आफू त्योभन्दा माथिको भूमिकामा जानसक्नुपर्छ ।’विख्यात व्यावसायिक पत्रिका फच्र्युनले सन् १९५५ मा जारी गरेको ५०० उत्कृष्ट व्यवसायको सूचीमा अटाएका ८८ प्रतिशत कम्पनी सन् २०१४ को सूचीबाट बाहिरिएको उदाहरण दिँदै उनले समय अनुसार परिवर्तन नहुने हो भने व्यावसायिक प्रतिस्पर्धामा टिक्न नसकिने र व्यवसायबाटै बाहिरिनुपर्ने अवस्था आउने बताए ‘परिस्थिति अनुसारको अनुकुलन क्षमता, फराकिलो दृष्टिकोण र सवैसँगको सन्तुलित सम्बन्धले दीर्घकालिन व्यवसायिक चुस्तता हासिल गर्न सकिन्छ’, चौधरीले भने, –‘उच्चस्तरको सीप, सरोकारवाला तथा ग्राहकको चाहना, समस्या समाधानमा चातुर्यता, गल्तीबाट पाठ सिक्दै जाने प्रवृत्ति जस्ता कुराले पनि व्यवसायिक चुस्तता हासिल गर्न सहयोग पुग्दछ ।’

प्रकाशित मिति: २०७४,कार्तिक,१२,आईतवार ०५:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हात दश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइ दिय सामचको सामचको ऐहा हो,

काठमाडौं— नेपालमा इन्टरभेनसनल रेडियोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन ‘एनएसभीआईआर—२०२३’ हुने भएको छ । नेपाल सोसाइटी अफ इन्टरभेन्सन रेडियोलोजीको आयोजना नेपालमा पहिलोपटक आगामी

झापा। झापाको भद्रपुरस्थित मेची नदी किनारमा उदाउँदो सूर्यको पूजा,उपासना सँगै अर्घ दिएपछि छठ पर्व सकिएको छ । उदाउँदो सूर्यदेवको पूजा

काठमाडौं । तराईबासीको ठूलो पर्व छठ बितेका केही वर्षयता देशभर मनाउन थालिएको छ । तराई तथा पहाडी मूलका सबै ब्रतालूले

ताजा समाचार

दोस्रो एनटीए लिग आजदेखि हुँदै
 २०८०,मङ्सिर,१४,बिहीवार १०:३९
चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना
 २०८०,मङ्सिर,१४,बिहीवार १०:३५
यस्तो छ आजको विनिमयदर
 २०८०,मङ्सिर,१४,बिहीवार १०:३१