भारतमा पनि लन्च भयो स्मार्टफोन HONOR X9b, नेपालमा भन्दा मूल्य धेरै

लोकपथ
741
Shares

काठमाडौं । नेपालमा आयात हुने सबै स्मार्टफोनहरू भारतमा भन्दा धेरैमहँगो हुने गर्दछन्।

एकै मोडेल र भेरियन्टको मूल्य भारतमा भन्दा नेपालमा बढी हुनेगर्दछ । जसमा कुनै मोडलहरूको मूल्य त भारतको तुलनामा भन्दा दोब्बर नै हुनेगर्दछ । तर अहिले भर्खरै लन्च भएको अनरको स्मार्टफोनमा भने कुरा केही फरक रहेको पाइएको छ ।

यहाँ हामी HONOR X9b को बारेमा कुरा गदैछौं, जुन हालै नेपालमा लन्च गरिएको छ। नेपालमा भन्दा भारतमा प्रायः स्मार्टफोन पहिलेनै लन्च हुने गरेको भएतापनि नेपालमा भने एक महिना अगाडी नै लन्च गरिएको हो । नेपालमा २१ जनवरीमा लन्च भएको HONOR X9b को (१२+२५६) जीबी को मूल्य ४३,९९९ रुपैयाँ रहेको छ ।

भारतमा भनेउक्त स्मार्ट फोन १५ फेब्रुअरीमा लन्च गरिएको छ जसको मूल्य (८+२५६) जीबी भेरियन्टका लागि २५,९९९ भारतीय रुपैयाँ तोकिएको छ । जसको नेपाली मूल्य ४१,६०० रुपैयाँ पर्न जान्छ।

यसबाहेक, नेपालीहरूले अनब्रेके बल स्मार्टफोन तीन रङमा पाउन सक्दछन् । त्यसो त भारतमा भने दुइवटा विकल्पहरु रहेका छन् । स्मार्टफोन जगतमा यसलाई यो राम्रो पहल मान्न सकिने र भविवष्यमा पनि यस्तै हुने हो भने भारतमा भन्दा नेपालमा स्मार्टफोन किन्ने प्रवृत्ति बढ्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?