३ आश्विन २०७८, आईतवार

चितवनमा रगतको अभाब

२०७४,कार्तिक,१२,आईतवार ०५:१४


चितवन, १२ कात्तिक चाडपर्वसँगै रक्तदान कार्यक्रम नभएपछि यहाँ रगतको अभाव देखिएको छ क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार दशैं, तिहार र छठ पर्वका कारण रक्तदान कार्यक्रमको आयोजना नभएपछि रगतको अभाव भएको हो पौडेलले आउँदो सातासम्ममा रगत सहज बन्ने बताए । नेपाल रेडक्रस सोसाइटी उपशाखा र स्वयम्सेवी संस्थाले रक्तदान कार्यक्रम गर्न थालेकाले क्रमशः सहज बन्दै जाने उनले बताए । गत आर्थिक वर्षमा ३५ हजार युनिट रगत जिल्लामा खपत भएको थियो । पौडेलका अनुसार दैनिक एक सयदेखि १५० युनिट रगत जिल्लामा माग हुने गर्दछ हाल रगत आवश्यक परेका बिरामीका आफन्तहरु मिल्दो समूहको व्यक्ति खोजेर केन्द्रमानै गएर रगत दिने गरेका छन् । यसका लागि जिल्लामा गठित युथ फर ब्लड नामक युवाको संस्थाले सहयोग गर्दै आएको छ जिल्लामा माग हुने रगतमध्ये सबैभन्दा बढि विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका बिरामीलाई जाने गर्दछ । यसका साथै भरतपुरको सरकारी अस्पताल, दुई निजी मेडिकल कलेज र निजी अस्पतालमा पनि रगत जाने गर्दछ ।

प्रकाशित मिति: २०७४,कार्तिक,१२,आईतवार ०५:१४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् । अध्यक्ष ठाकुर मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । मंगलवार नयाँ

ताजा समाचार

तनहुँमै पीसीआर परीक्षण
 २०७८,आश्विन,३,आईतवार ११:२६