दुई प्रहरी अतिरिक्त महानिरीक्षकको सरुवा

काठमाडौं । नेपाल प्रहरीका दुई प्रहरी अतिरिक्त महानिरीक्षकको सरुवा भएको छ । नेपाल सरकार (मन्त्रिपरिषद्)को यही वैशाख १७ गतेको निर्णयअनुसार जनपद प्रहरी समूहतर्फ प्रहरी अतिरीक्त महानिरीक्षक पुष्कर कार्की र धिरु बस्न्यातको सरुवा गरिएको हो ।

कार्कीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा र बस्नेतलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा काज सरुवा गरिएको हो । गृह मन्त्रालयबाट सोमबार प्राप्त पत्रअनुसार उनीहरुलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

 यसअघि बस्न्यात प्रतिष्ठानमा थिए भने कार्की प्रहरी प्रधान कार्यालय, कार्य एवं अपराध अनुसन्धान विभागमा थिए । सोमबार नेपाल प्रहरीका प्रवक्ताको भूमिकामा रहेका वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीसहित छ एसएसवीको पनि सरुवा गरिएकोे थियो । सुवेदी महानगरीय प्रहरी परिसरको प्रमुखमा सरुवा भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?