एनआइसी एशियाको कर्जा–निक्षेप अनुपात ७७.१८ प्रतिशत, बैंकले सार्वजनिक गर्यो यस्तो तथ्यांक

लोकपथ
2.8k
Shares

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले बैंकको पुस मसान्तसम्मको वित्तीय परिसूचक सार्वजनिक गर्दै बैंकले प्रगती गरेको दाबी प्रस्तुत गरेको छ ।

पछिल्लो समय बैंकका विषयमा विभिन्न अफवाहहरु फैलाइएको भन्दै त्यसको खण्डनस्वरुप बैंकले पुस मसान्तसम्मको उपलब्धी सार्वजनिक गरेको हो ।

“बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” बन्न अतुलनिय योगदान दिने समस्त ग्राहकवर्ग, नियमनकारी निकायहरु, शेयरधनीहरु, कर्मचारीहरु, लगायत सम्पूर्ण सरोकारवालाहरु प्रति अत्यन्त अनुग्रहित रहेको बैंकले जनाएको छ ।

त्यस्तै मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलताको बाबजुद वित्तीय क्षेत्रमा आफूहरु जहाँको तँही रहन सफल रहेको बैंकले जनाएको छ । साथै आगामी दिनहरुमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ्ग सेवा एवम् सुविधाहरु प्रदान गर्दै सबै सरोकारवालाहरुको पहिलो रोजाईको बैंक बन्नको लागि सबै सरोकारवालाहरुको हित संरक्षण र संवद्र्धन गर्न मन, वचन र कर्मले अहोरात्र खटिरहने अठोट समेत व्यक्त गरेको छ ।

त्यसैगरी बैंकको तरलता अनुपात २७.२८ प्रतिशत र कर्जा–निक्षेप अनुपात ७७.१८ प्रतिशत रहेको र डिजिटल बैंकिङ्ग कारोवार तर्फ  No. of Transaction, Transaction Volume, Customer Base, Digital Transaction Ratio लगायतका परिसूचकहरुमा पनि बैंक सर्वोत्कृष्ट बन्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?