अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क स्वास्थ्य शिविर


लोकपथ
प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलवार ०७:११

अछाम । अछामको मेल्लेख गाउँपालिका–३ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट १०१ अपाङ्गता भएका व्यक्तिले सेवा लिएका छन् ।

शिविरमा सात जनाको माइनर शल्यक्रिया गरिएको छ भने १६ लाई शल्यक्रियाका लागि सिफारिश गरिएको छ । यस्तै दुईलाई सहायक सामग्री वैशाखी र ह्वीलचियर उपलब्ध गराइएको छ भने चारलाई सहायक सामग्री उपलब्ध गराउन नाप लिइएको छ । शिविरकै अवसरमा अन्य ९० लाई अपाङ्गतासम्बन्धी अभिमुखीकरण र ८३ लाई परमर्श सेवासमेत दिइएको छ ।

मेल्लेख गाउँपालिकाको आयोजना र विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र काभ्रेको प्राविधिक सहयोगमा सञ्चालन भएको सो शिविरमा गाउँपालिकाले २३ लाई अपाङ्गता परिचयपत्र वितरणसमेत गरेको छ । गाउँघरमै अपाङ्गता भएका लागि स्वास्थ्य शिविर र सरकारी सुविधा उपलब्ध भएपछि अपाङ्गता भएका व्यक्ति निकै खुशी भएको स्थानीय लालबहादुर चदाराले बताए  ।

गाउँपालिकासँगको सहकार्यमा अपाङ्गताको उपचारसँगै निःशुल्क औषधि तथा फिजियोथेरापी सेवा उपलब्ध गराएको अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रका नेत्रबहादुर देउजाले बताए। अपाङ्गता भएर गाउँघरमै कष्टकर जीवन बाँचिरहेका व्यक्तिका लागि गाउँमै पुगेर सेवा दिन पाउँदा निकै खुशी लागेको भन्दै मेल्लेख गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हिक्मत बुढाले अपाङ्गता भएकाका लागि यो सुवर्ण अवसर भएको बताए । अपाङ्गता भएका व्यक्तिलाई पनि सपाङ्गसरह जीवन जिउनका लागि स्थानीय सरकारमार्फत पनि आवश्यक कार्यक्रम अघि बढाइने मेल्लेख गाउँपालिकाका अध्यक्ष लोकबहादुर बोहराले बताए  ।

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड २१ छुटाउनुभयो कि रु हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :

प्रतिक्रिया दिनुहोस
सावधान ! गर्भ अवस्थामा भुलेर पनि नखानुस् यी ७ खानेकुरा

काठमाडौं । गर्भवस्थाको बेला धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ | यो अवस्थामा खानपानदेखी

पुरुषका लागि पनि गर्भनिरोधक जेल, वैज्ञानिक भन्छन्- यसरी प्रयोग गर्नुहोस्

काठमाडौं | अनिश्चित गर्भबाट बच्न महिलाहरु गर्भानिरोधकका विभिन्न अस्थाई साधन र औषधिका प्रयोग

साप्ताहिक राशिफल: साउन ४ देखि १० गतेसम्म यी राशिको भाग्य चम्किनेछ

काठमाडौं | आज २०७६ साल साउन, ४ गते शनिवार | साउन ४ देखि

यी ५ खानेकुरा, जसले पेनकिलरको काम गर्छ

तपाइँ यो कुरा जान्नुहोस् कि, मेडिकलमा पाइने पेनकिलर औषधीहरूले तपाईँको दुखाइ त कम