जब पर्यटनमन्त्री किँराती आफ्नो कार्यकक्षमा आफैँ झाडु लगाउन थाले (भिडियोसहित)

लोकपथ
434
Shares

काठमाडौं । संस्कृती पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किँराती बेलाबेला चर्चामा रहन्छन् । हरेक विषयवस्तुमा आफ्नो धारणा प्रस्तुत गर्ने मन्त्री किँराती कहिले आफ्नो अभिव्यक्ति त कहिले विभिन्न प्रशंगले चर्चामा रहन्छन् ।

अहिले सामाजिक सञ्जालमा भाइरल एउटा भिडियोको कारण उनी चर्चामा छन् । जसमा उनले सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा आफैँ सरसफाइ गरिरहेको देखिन्छ ।

सफाईकर्मीहरु बाल्टिनमा पानी र झाडु लिएर उनको कार्यकक्षमा पुस्न पुग्दा उनले झाडु मागेर आफैँ पुसेको देखिन्छ ।
सो क्रममा उनले सफाइकर्मीलाई सोध्छन्, ‘हामी छिटो आएर तपाईलाई दबाब परिसक्यो हो ?’ त्यहाँ रहेकी महिलाले अब आफूहरुलाई बानी परिसकेको प्रतिकृया दिन्छिन् ।

पहिले ८ बजेतिर आउने गरेकोमा आफूू अहिले छिटो आउने गरेकोले उनलाई पनि छिट्टै आउन गरेको कारण दुख नमान्न आग्रह गरेका छन् । साथै ती सफाइकर्मीले पनि मन्त्रीले आफूहरुको दुख बुझ्ने गरेको बताइन् ।

बिहान जाडोमा आउने गरेको कुरा मन्त्री र मन्त्रालयको लागि भन्दा पनि देशको लागि सम्झिन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?