क्यास्टर तेलको प्रयोगले कपालमा पुग्ने फाइदाहरु

लोकपथ
13
Shares

काठमाडौं । आयुर्वेदमा कपालको उत्पादनको लागि उल्लेख गरिएको विशेष उत्पादनहरु मध्ये क्यास्टर तेललाई विशेष मानिन्छ । यसले कपाललाई जरादेखि नै बलियो बनाउने दाबी गरिएको छ । कपालको लागि तपाईं हामीले धेरै थरिका उपायहरु अपनाउने गर्दछौँ ।

कपालको सुरक्षाका लागि हामी विभिन्न प्रकारका उपायहरु मनाइरहेका हुन्छाैँ । जसले विभिन्न असर समेत गरिरहेको हुन्छ । तर क्यास्टर तेल एक हानिरहित उत्पादन रहेको दाबी गरिएको छ । क्यास्टर तेलमा विशेष पोषक तत्वहरु पाइन्छ । रिकिनस कम्युनिस बिरुवाको बीउ थिचेर क्यास्टर तेल निकालिन्छ । यो तेल मुख्यतया भारत, दक्षिण अमेरिका, अफ्रिका र चीनमा उत्पादन गरिन्छ । यो तेल सामान्यतया हल्का पहेँलो र हल्का सुगन्ध रहेको हुन्छ । आज हामी तपाईंहरुलाई कपालमा क्यास्टर तेलको प्रयोगका फाइदाहरु बारे जानकारी गराउँछौँ ।

कपाल लामो बनाउन पोषण प्रदान गर्छ

क्यास्टर तेलले कपालमा मालिस गर्दा कपाल बलियो हुन्छ । क्यास्टरको तेलले रक्त प्रवाहलाई उत्तेजित गर्छ र कपालको जरा बलियो बनाउँछ । यो घुम्रिएको र टुुक्रिने खालको कपाललाई निकै राम्रो हुन्छ ।

चायालाई हटाउँछ

क्यास्टर तेलमा एन्टि माइक्रोबियल गुणहरु प्रशस्त मात्रामा पाइन्छ । यसको नियमित प्रयोगले टाउकोमा ब्याक्टेरिया वा फङ्गल हुन दिँदैन । जसले गर्दा टाउको चाया पर्दैैन । यस तेललाई हामीले एन्टि ड्यान्ड्रफ स्याम्फूसँग प्रयोग गर्न पनि सक्छौँ । जसलाई ड्यान्ड्रफको उपचारको उत्तम उपचार मान्न सकिन्छ ।

कपालको मुलायमपन कायम राख्छ

क्यास्टर तेल कपाललाई लामो मात्र गर्दैन । यसले कपाललाई हाइडे«र र मोइस्चराइज पनि गर्छ । यसले कपालको प्राकृति बनावटलाई सुरक्षित राख्न मद्दत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?