काठमाडौं । संघीय समाजवादी पार्टी नेपालका पदाधिकारीहरुको नाम टुङ्गो लागेको छ ।
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीको एकता भएसँगै पार्टीका पदाधिकारीहरुको पनि नाम घोषणा गरिएको हो ।
पार्टीको केन्द्रीय समितिको अध्यक्षमा डा. बाबुराम भट्टराई र उपेन्द्र यादव रहने छन् भने वरिष्ठ नेतामा अशोक भट्टराई रहेन निर्णय भएको हो । त्यस्तै सहअध्यक्षमा राजेन्द्रप्रसाद श्रेष्ठको नाम टुंगो लागको हो ।
त्यस्तै उपाध्यक्षहरू नवराज सुवेदी, परशुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणुकुमारी यादव, हिसिला यमी, लालबाबु राउत र हेमराज राई छन् ।
महासचिवहरूमा गंगानारायण श्रेष्ठ, रणध्वज कन्दङ्वा र रामसहायप्रसाद यादव छन् भने कोषाध्यक्षमा विजयकुमार यादव छन् । यसैगरी उपमहासचिव डम्बर खतिवडा, दानबहादुर विश्वकर्मा, प्रकाश अधिकारी र सचिवहरुमा मोहम्मद इस्तियाक राई, दूर्गा सोब, परशुराम बस्नेत र प्रशान्त सिंह रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया