माओवादी नेता श्रीपालीको दाबी : प्रचण्डलाई टक्कर दिने नेता माओवादीमा जन्मिनै सकेन (भिडियोसहित)

लोकपथ
2.8k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री दलजीत श्रीपालीले माओवादीभित्र नेतृत्व सम्हाल्ने नयाँ नेता नभएको जिकिर गरेका छन् ।

नेतृत्व लिनका लागि तयार हुने वा गर्ने भन्ने प्रश्नमा उनले नेतृत्व तयार गर्ने बताउँदै अहिलेसम्म वर्तमान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रतिष्पर्धा गर्न सक्ने नेतृत्व नभएको बताए ।

लोकपथ टिभीसँग कुराकानी गर्दै नेता श्रीपालीले सो कुरा बताएका हुन् ।

मंगलबारबाट सुरु भएको माओवादी केन्द्रको विधान सम्मेलनले आगामी दिनमा नेतृत्व समेत परिवर्तन गर्नेगरी छलफल गर्ने समेत बताए ।

उनै श्रीपालीसँग लोकपथका लागि प्रकाश पुडासैनीले गरेको कुराकानी :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?