कल्याणीमा बाजागाजासहित अक्षराम्भ तथा सरस्वती पूजा

लोकपथ
2.7k
Shares

काठमाडौं । आज देशभर सरस्वती पूजा गरी वसन्तपञ्चमी मनाइएको छ ।

विद्याकी देवी सरस्वतीको मुर्तिमा पूजा गरेर आजको दिनलाई विशेष रुपमा मनाउने गरिन्छ । त्यस्तै बालबालिकाको पहिलो शिक्षा आरम्भ समेत आजैको दिनबाट गर्ने गरिन्छ ।

सोही क्रममा नुवाकोटको बेलकोटगढी नगरपालिका–८ बाहुनडाँडास्थित श्री कल्याणी देवी माध्यामिक विद्यालयमा पनि धुमधामका साथ सरस्वती पूजा गरिएको छ ।

बेलकोटगढी नगरपालिकाका उपप्रमुख शिवप्रसाद दाहालको प्रमुख आतित्थ्यता तथा बेलकोटगढी–८ का वडाध्यक्ष सुरेशलाल चित्रकारको विशेष आतित्थ्यतामा सरस्वती पूजा तथा अक्षराम्भ सम्पन्न गरिएको थियो ।

सो अवसरमा सरस्वतीको प्रतिमासहित शोभायात्रा समेत गरिएको सोही विद्यालयका शिक्षक उद्धव पुडासैनी (किरण उजागर) ले जानकारी दिए ।

अभिभावकको तर्फबाट बाजागाजासहित सरस्वतीको प्रतिमा स्थापना, रथयात्रा, अक्षराम्भ तथा सरस्वती पूजा अन्य वर्षको भन्दा विशेष रुपमा मनाइएको उनले बताए ।

सो क्रममा उपप्रमुख दाहालले विद्यालयको शैक्षिक स्तरको प्रसंशा समेत गरेका थिए । पढाइमा मात्र नभएर अन्य गतिविधिमा समेत अग्रणी रहेको बताए । साथै विद्यालयको शैक्षिक सुधारका लागि पालिकाले गर्ने सहयोगमा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता समेत व्यक्त गरे । साथै विद्यालयको उच्च व्यवस्थापन र शिक्षकहरुको लगनशीलताको कारण नै विद्यालय पालिकास्तरमा मात्र नभएर जिल्लाकै एक नमुना विद्यालय बन्न सफल भएको बताए ।

त्यस्तै शिक्षक पुडासैनीले आफूहरुले गरेको मेहनत, विद्यार्थीहरुको लगनशीलता र अभिभावकहरुको सहयोगले आफूहरु पालिकामा मात्र नभएर जिल्लाकै एक नमुना विद्यालय बनाउन सकेकोप्रति सधैँ गर्व महसुस हुने बताए ।

‘विद्यालय राम्रो हुनका लागि शिक्षकको मेहनत, विद्यार्थीको लगनशीलता र अभिभावकहरुको समेत ठूूलो साथ चाहिन्छ । यी तीनै कुराबाट कल्याणी आजको अवस्थामा आउन सफल भएको हो ।’ उनले भने ।

२०१९ सालमा स्थापना भएको कल्याणी माविले निरन्तर शैक्षिक प्रगती गरिरहेको छ । उल्लेख्य विद्यार्थीहरु रहेको कल्याणीबाट वर्षेनी उत्कृष्ट नतिजासहित विद्यार्थीहरुको अतिरिक्त क्रियाकलाप समेत अग्रणी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?