विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको आश्वासनपछि विराटनगरका राजनीतिक दल तथा पेशाकर्मीहरुलले अनिश्चितकाली विराटनगर फिर्ता लिएका छन् ।
प्रदेश राजधानी विकेन्द्रित गर्ने गरी प्रदेशसभामा प्रस्ताव दर्ता भएको विरोधमा आजदेखि अनिश्चितकालीन विराटनगर बन्दको आह्वान गरिएको थियो ।
सोमवार दिउँसो भएको सर्वपक्षीय वार्तामा मुख्यमन्त्री राईले राजधानी विराटनगरमा नै रहने र कार्यपालिका र व्यवस्थापिकाको संरचना पनि विराटनगर भन्दा बाहिर नलैजाने प्रतिवद्धता जनाएपछि बन्द फिर्ता भएको हो ।
वार्तामा सहभागी विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले प्रदेश राजधानी विराटनगरमा नै रहने र व्यवस्थापिका र कार्यपालिकाका संरचना पनि विराटनगरभन्दा बाहिर नलैजाने मुख्यमन्त्री र प्रदेश सांसदहरुको प्रतिवद्धतापछि सोमवार दिउँसो ४ बजेपछि बन्द फिर्ता गर्ने सहमति भएको थियो । यसैबीच उनीहरु
ले साँझ दिपावली गर्न विराटनगरवासीलाई आह्वान समेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया