कर्जा असुली तथा सम्पत्तिको गुणस्तर सम्बन्धमा एन आई सी एशियाको प्रगती

लोकपथ
741
Shares

काठमाडौं । एन आई सी एशिया बैंकले बैंकका बारेमा प्रकाशित समाचारमा कुनै पनि सत्यता नरहेको स्पष्ट पारेको छ ।

बैंकको संस्थागत सुशासन, कर्जाको गुणस्तर, कर्जा असुलीको अवस्था लगायत सञ्चालक समिति तथा उच्च व्यवस्थापनसँग सम्बन्धित विषयमा प्रकाशित समाचारहरू पूर्णरुपमा कपोकल्पित तथा असत्य रहेको बैंकले जनाएको छ।

बैंकका मुख्य सूचकांकहरू ९सञ्चालन मुनाफा, खुद मुनाफा, प्रति शेयर आम्दानी, स्वःपूँजीमा प्रतिफल, निष्क्रिय कर्जा अनुपात लगायत० मा वाणिज्य बैंकहरूमध्ये उत्कृष्ट मध्येमा सदैव पर्दै आएको र कर्जा असुली तथा सम्पत्तिको गुणस्तर सम्बन्धमा यस बैंकको अवस्था अत्यन्त उत्कृष्ट रहेको एवम् बैंक प्रत्येक आर्थिक वर्षको प्रत्येक त्रैमासमा कर्जा असुलीका समग्र परिसूचकहरूमा सर्वोत्कृष्ट मध्येमा पर्दै आएको बैंकको दाबी रहेको छ ।

संस्थागत सुशासन, नियमनकारी व्यवस्थाहरूको परिपालना, समग्र बैंकको वित्तीय अवस्थका बारेमा बैंकको अवस्था, कर्जाको गुणस्तर तथा कर्जा असुलीको अवस्था, सञ्चालक समिति तथा बैंक व्यवस्थापनको कार्यकुशलता लगायत हरेक पक्षबाट हेर्दा यस बैंक सबै सरोकारवालाहरूको पहिलो रोजाईको बैंक बन्ने बैंकको लक्षमा मा निरन्तर सफल हुँदै गइरहेको पुष्टी हुने तथ्यहरु रहेको बैंकले जनाएको छ ।

बैंक भित्र सञ्चालक समिति, उच्च व्यवस्थापन लगायत कुनै पनि तहमा कुनै पनि किसिमको असमझदारीको झिल्को समेत नरहेको र बैंकको सम्पूर्ण संरचना नै सदा झैं एकतावद्ध, दृढ, एवम् रुपान्तरणकारी हिसावले सबै सरोकारवालाहरूको हित संरक्षण र संवद्र्धन गर्न मन, वचन र कर्मले अहोरात्र खटिरहेको समेत बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?