एकतामा आउन राजपालाई उपेन्द्र यादवको आग्रह

काठमाडौं । समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी (राजपा)नेपाललाई एकतामा आउन आग्रह गरेका छन् । 

डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम नेपालको एकीकरणपछि बनेको समाजवादी पार्टीको घोषणा कार्यक्रममा उनले राजपालाई एकतामा आउन आग्रह गरेका हुन् । 

‘अब सानो–सानो पसल थाप्ले समय छैन । एकतावद्ध भएर अगाडी बढ्ने समय हो’ उनले भने, ‘हामी आहृवान गर्छौं राजपा लगायतका पार्टीलाई, आउनुस् परिवर्तनको दिशामा अघि बढौं ।’ 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?