नयाँ वर्ष लक्षित महालक्ष्मी विकास बैंकले ल्यायो यस्ता योजना

लोकपथ
273
Shares

काठमाडौं । महालक्ष्मी विकास बैंकले नयाँ वर्ष २०८१ लाई लक्षित गरी महालक्ष्मी घर कर्जा, महालक्ष्मी व्यवसायिक कर्जा तथा महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) मा आकर्षक ब्याजदर रहने गरी नयाँ योजनाहरु ल्याएको छ ।

सो योजना अन्तर्गत महालक्ष्मी घर कर्जा र महालक्ष्मी व्यवसायिक कर्जा मात्र १०.९९ प्रतिशत तथा महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) मात्र ११.४९ प्रतिशत वार्षिक ब्याजदरमा प्रदान गरिनेछ । उपरोक्त तिनै प्रकारको कर्जाहरुमा पहिलो १ वर्षको लागि स्थिर ब्याजदर कायम रहने र महिलाको हकमा सेवा शुल्कमा २५ प्रतिशत सम्म छुट प्रदान गर्न सकिनेछ । साथै आवश्यक सम्पुर्ण कागजात प्राप्त भएको ३ कार्य दिन भित्र नै कर्जा प्रवाह गरिनेछ ।

उक्त योजना अनुसार आवासीय/व्यापारिक घर/जग्गा खरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट खरिद गर्न, घर थप/पुर्ननिर्माण/मर्मत सम्भार गर्न महालक्ष्मी घर कर्जा अन्तर्गत न्यूनतम २ वर्ष देखी अधिकतम ३० वर्ष अवधी रहने गरी रु. ५ करोड सम्मको कर्जा प्रदान गरिनेछ ।
साना तथा मझौला व्यवसायीहरुको कर्जामा कम ब्याजदरको अपेक्षा तथा मागलाई सम्बोधन गर्न १ वर्ष देखी १५ वर्षको अवधी सम्मको लागि १०.९९ प्रतिशतमा व्यवसायिक कर्जा प्रदान गर्ने योजना ल्याएको छ ।

त्यसै गरी, महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) मा ११.४९ प्रतिशत वार्षिक ब्याजदरमा कर्जा प्रदान गरिनेछ । सवारी कर्जा (व्यक्तिगत) को न्यूनतम अवधी २ वर्ष र अधिकतम अवधि ५ वर्ष सम्म रहनेछ । विद्युतीय सवारीको हकमा भ्याट बिल वा कोटेशन मुल्यको ८० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा र अन्य सवारीमा कोटेशन मुल्यको ५० प्रतिशत सम्म कर्जा प्रदान गरिनेछ ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् । साथै मिति २०८०÷०९÷२८ मा सम्पन्न बैंकको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?