अहिलेका कम्युनिष्ट नभएर कमाउनिष्ट भए : उपेन्द्र यादव

काठमाडौं । तत्कालिन संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेका कम्युनिष्ट नभएर कमाउनिष्ट भएका बताएका छन् । 

सोमवार काठमाडौंको प्रज्ञा भवनमा आयोजित पार्टी एकता कार्यक्रममा बोल्दै उपेन्द्र यादवले भने, ‘मैले कम्युनिष्ट आन्दोलन लामो समयसम्म गरे । तर, अहिलेका कम्युनिष्ट कम्युनिष्ट नभएर कमाउनिष्ट भएको छ ।’

‘अहिले कम्युनिष्टको बोलबाला होइन, कमाउनिष्टहरुको बोलबाला रहेको छ । कम्युनिष्टहरुले भन्दैछन् कि हाम्रो एजेण्डा संघीयता थिएन यो त मधेश आन्दोलनले जबरजस्ती ल्याएको छ’ उनले भने, ‘हो मधेश आन्दोलनले यो संघियता आएको हो । कांग्रेस को सिद्धान्त नै संवैधानिक राजतन्त्र हो र अहिले त्यसैमा लागेका छन् । काँग्रेस अहिले धेरै नै पछाडि परिसकेको छ ।’

देश अरुबाट दान दक्षिणा लिएर समृद्ध हुँदैन बताउँदै उनले भने, ‘देशलाई समृद्ध बनाउन आफैँ सक्षम छ । देशलाई दरिद्र बनाउने काम कांग्रेसले गरेको छ । सविधान संशोधन गरेर प्रदेशलाई अधिकार सम्पन्न बनाउनु पर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?