काठमाडौं । रामग्राम क्षेत्रमा निजी कम्पनी द प्रमिस्ड ल्यान्डसँग गरिएका सबै सम्झौता खारेज गरेको छ ।
लुम्बिनी विकास कोषले रागम्राम क्षेत्रमा निजी कम्पनीलाई दिने सम्बन्धी गरेको सम्झौता खारेज भएको हो ।
मंगलबार कोषका अध्यक्ष समेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको अध्यक्षतामा बसेको कार्यकारिणी समिति बैठकले उक्त सम्झौता लगायत सबै सम्झौता खारेज गर्ने निर्णय गरेको हो ।
यसअघि माघ २८ गते प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले रामग्राम क्षेत्रमा गरिएको सबै सम्झौता खारेज गर्न निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार आज बसेको बैठकले सबै सम्झौता खारेज गर्ने निर्णय गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया