फोरम र नयाँ शक्ति एक, के छ ९ बुँदे समझदारीमा ? (पूर्णपाठसहित)

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच एकीकरण भएको छ । 

सोमवार काठमाडौंको प्रज्ञा भवनमा आयोजित एक कार्यक्रममा फोरम अध्यक्ष यादव र नयाँ शक्तिका संयोजक भट्टराई पार्टी एकीकरणको समतिपत्रमा हस्ताक्षर गरेका हुन् । 

भट्टराई र यादवले नौ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

योसँगै पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ राखिएको छ । 

नवगठित पार्टी प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुतिक निर्वाचन प्रणालीमा जाने भएको छ  । संविधान संशोधन मार्फत ११ प्रदेशमा राज्य पुर्नसंरचना गरेर पहिचानका आधारमा प्रदेशको नामाकरण गर्ने सहमति छ ।

 

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड २१ छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?