१८ फाल्गुन २०८०, शुक्रवार

आज विश्व रेडियो दिवस

२०८०,फाल्गुन,१,मंगलवार १०:४०

90
Shares

काठमाडौं । आज फेब्रवरी १३ अर्थात् विश्व रेडियो दिवस मनाइदैछ । ‘रेडियो र विश्वास’ भन्ने नाराका साथ आज विश्वभर यो दिवस मनाइदैछ । नेपालमा पनि रेडियोकर्मी र सम्बद्ध संघसंस्थाहरूले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछन् ।

नेपालमा खास गरी १० बर्षे सशस्त्र द्वन्दका बेला नेपालका रेडियोले पु¥याएको योगदान र शान्ति प्रकृयामा रेडियोले गरेको योगदान इतिहासमा सुवर्ण अक्षरले लेखिएको छ । देशका कुना कन्दरासम्म पुगेको रेडियो प्रशारण अहिले पनि उत्तिकै लोकप्रिय छ ।

आज सामुदायिक रेडियोको छाता संगठन, सामुदायिक रेडियो प्रसारक संघले विभिन्न कार्याक्रम गरी रेडियो दिवस मनाउन लागेको छ । दिवसका अवसरमा अर्थमन्त्री प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रमको आयोजना गरिएको सामुदायिक सूचना नेटवर्क (सीआइएन)का सम्पादक लक्ष्मण कार्कीले जानकारी दिए ।

नेपालमा भने वि.सं. २००२ सालमा काठमाडौंमा रेडियोको प्रशारण सुरु गरेको थियो भने रेडियो नेपालको औपचारिक प्रसारण भने २००७ साल मंसिर २८ गतेदेखि भएको थियो ।

एफएम रेडियोको प्रशारण भने २०५२ सालपछि सुरु भएको हो । विश्वमा भने व्यवसायिक रेडियो प्रशारण सुरु भएको करिब एक शताब्दी नै बितिसकेको छ ।

स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुवरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।

प्रकाशित मिति: २०८०,फाल्गुन,१,मंगलवार १०:४०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

विराटनगर । दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगितामा लगातार ४ खेलमा विजयी हुँदै सरस्वती स्कुल र वालिका

ठूला र बडाको हार कहाँ छ, समान देख्ने आधार कहाँ छ ?एउटालाई बचाउन अर्को मर्नु पर्ने, सबलाई बराबर संसार कहाँ

काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार र निजी क्षेत्रबीच सहकार्यविना पर्यटन क्षेत्रको विकास सम्भव नहुने बताएका छन् । नारायणी

काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले भरतपुर महानगरपालिकालाई नेपालभित्र मात्र होइन अन्तर्राष्ट्रिय पर्यटकहरुको गन्तव्य बनाउन सकिने बताएका छन्

ताजा समाचार

प्रिन्स र प्रफुल उपाधिका लागि पुन : भिड्ने
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:५०
बालिका र सरस्वती महिला क्रिकेटको फाइनलमा
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:४६
‘दिमागका फोहोर हटाउने साबुन साहित्य हो’
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:३३
सेन्सर बोर्डप्रति दिपकराज गिरीको कटाक्ष
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:५१
भरतपुरमा पर्यटन विकासको सम्भावना प्रचुर : ओली
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:३०