आजको मौसम पूर्वानुमान : हल्का वर्षा र हिमपातको सम्भावना

लोकपथ
154
Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसकारण अहिले देशका पहाडी क्षेत्रमा आंशिक बदली तथा बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ भने देशको पहाडी भू–भागका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ ।

देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुनेछ ।

त्यस्तै, बेलुका देशभर आंशिकदेखि साधारणतया बदली रही देशको पहाडी भू–भागका एक दुई स्थानमा छिटपुट वर्षाको सम्भावना रहेको मौसमविद्हरुले जनाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?