प्रतिनिधिसभा बैठक : नीति तथा कार्यक्रममाथि छलफल जारी

काठमाडौं । सरकारले प्रस्तुत गरेको २०७६–७७ को नीति तथा कार्यक्रममाथि आज (सोमवार) पनि छलफल हुने भएको छ । 

संघीय संसद प्रतिनिधिसभाको चौथो अधिवेशन हिजो (आइतवार)देखि शुरु भएको हो । 

विहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठक बस्ने संघीय संसदको महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए । 

बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने महासचिव भट्टराईले बताए । 

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेकी थिइन् । 

नीति तथा कार्यक्रमको छलफल भोलि (मंगलवार)सम्म चल्ने महासचिव भट्टराइले जानकारी दिए । त्यस्तै राष्ट्रियसभा

को बैठक दिउँसो १ बजे बस्दैछ । 

राष्ट्रियसभाको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथि नै छलफल हुने संसद सचिवालयले जनाएको छ । 

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड २१ छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?