नेकपाको निर्णयको विरोध गर्दै विराटनगर बन्द, जनजीवन प्रभावित

विराटनगर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश १ को स्थायी राजधानी विराटनगर राख्ने निर्णयको विरोधमा आज (सोमवार) बन्द गरिएको छ । 

प्रदेश १ को संरचना स्थापनाबारे नेकपाले गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै विराटनगरका राजनीतिक दल तथा पेशाकर्मीहरुले अनिश्चितकालीन विराटनगर बन्दको आह्वान गरेको हो । 

अनिश्चितकालीन बन्दसहितको संघर्षका कार्यक्रम राखेर दल तथा पेशाकर्मीहरु संघर्षमा उत्रिएपछि विराटनगरको जनजीवन प्रभावित भएको छ । 

नेकपाको प्रदेश १ संसदीय दलको बैठकले विराटनगरलाई प्रदेश राजधानी बनाउने निर्णय गर्दै त्यसका संरचना वृहत विराट क्षेत्र विकासअन्तर्गतका इटहरी र सुन्दरहरैचामा राख्ने निर्णय गरेको थियो । 

नेकपाले यस्तो निर्णय गरेसँगै राजनीतिक दल तथा विराटनगरका विभिन्न पेशाकर्मीहरु, नागरिक दबाव समूह बनाए संघर्षमा उत्रिएका हुन् । 

प्रदेशका संरचनाहरु इटहरी र सुन्दरहरैचामा नराखेर विराटनगरमै राख्नुपर्ने, विराटनगरलाई नै राजधानी बनाउने सुनिश्चितता गर्नेपर्ने उनहीको माग छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?