१८ फाल्गुन २०८०, शुक्रवार

जेसिबीको एक्सक्लुसिभ रिटेलर अब भक्तपुरमा

२०८०,माघ,२९,सोमवार १६:५६

0
Shares

काठमाडौं । जेसिबीको एक्सक्लुसिभ रिटेलरले भक्तपुर अटो पार्ट्स भक्तपुरमा सञ्चालनमा ल्याएको छ । कम्पनीले ग्राहकहरुको सहजताको लागि, ग्राहकहरुलाई नक्कली पार्टपुर्जाहरुको प्रयोग र जोखिमबाट जोगाउन लागि जेसिबीका एक्सक्लुसिभ रिटेलर भक्तपुरमा सञ्चालनमा ल्याइएको हो ।

यसको उद्घघाटन एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटरका निर्देशक गोपाल कुमार अग्रवाल, एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटरका बिजनेस हेड रोशन कुमार श्रेष्ठ, एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटरका सेल्स हेड प्रविन अधिकारी, भक्तपुर अटो पार्ट्सका प्रबन्ध निर्देशक रामेश्वर खाताखोे तथा भक्तपुरका स्थानीय ग्राहकमार्फत संयुक्त रुपमा गरिएको थियो ।

एमएडब्लु अन्तर्गतको एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर प्रा.लि नेपालको लागि जेसिबीका जेन्युन स्पेयर पार्टस, टायर्स र लुब्रिकेन्ट्सको आधिकारिक विक्रेता हो । जेसिबीका सक्कली पार्ट्सहरु आफ्ना एक्सक्लुसिभ तथा नन् एक्सक्लुसिभ रिटेलरहरु मार्फत देशभर बिक्री वितरण गर्दै आएको छ । यसको शुरुवात सँगै अब भक्तपुरका ग्राहकहरुले भक्तपुर अटो पार्ट्स मार्फत सजिलै जेसिबीका सक्कली पार्ट्सहरु खरिद गर्न पाउनेछन् ।

“जेसिबी मेशिनहरुलाई बिगार्ने, काम चलाउ नक्कली पार्टसको बिक्री र प्रयोगलाई निरुत्साहित गर्ने उद्देश्य लिएर “जेसिबीलाई जेसिबी मात्र” भन्ने नाराका साथ एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटरको शुरुवात हामीले गरेका हौं र हामीले शुरुवातदेखि नै ग्राहकवर्गबाट एकदम उत्कृष्ट प्रतिक्रिया पाइरहेका छौं,” कम्पनीका प्रतिनिधिले भने ।

प्रकाशित मिति: २०८०,माघ,२९,सोमवार १६:५६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भायानेट कम्युनिकेसन लिमिटेडले सन् २०२४ को एसियन टेलिकम अवार्डमा ‘ब्रोडब्यान्ड टेलिकम कम्पनी अफ द इयर’ र ‘टेक्नोलोजी इनोभेसन

काठमाडौं । सेयर बजार परिसुचक नेप्सेमा बिहीबार उच्च अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २८.६८ अंकले घटेर १९७२.०९

काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले आफ्ना रिटेलरहरु तथा

काटमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुन–चाँदीको भाउमा गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज

ताजा समाचार

भरतपुरमा पर्यटन विकासको सम्भावना प्रचुर : ओली
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:३०
भ्रमण वर्षले चितवनको पर्यटन प्रवर्द्धन टेवा
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:२५