१८ फाल्गुन २०८०, शुक्रवार

अर्थमन्त्री महतको दाबी : ‘अर्थतन्त्रका सबै सूचक सबल, अब अझ सही दिशामा’

२०८०,माघ,२९,सोमवार १६:५६

0
Shares

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले अहिले अर्थतन्त्रका हरेक सूचकहरु सकारात्मक रहेको बताउँदै अबका दिनमा समेत सकारात्मक दिशा उन्मुख रहने बताएका छन् ।आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सोमबार सार्वजनिक गर्दै उनले आर्थिक गतिविधिहरु बढे पनि बजेट व्यवस्थापनमा चुनौती रहेको स्वीकारे ।

उनले भने, ‘आर्थिक गतिविधि सुस्ताएको बेला म अर्थमन्त्रालयको नेतृत्व सम्हाल्न आएको हुँ । यसका लागि धेरै तयारी गर्नुप-यो । आर्थिक सुधारको विषय तत्कालै समाधान हुने विषय होइन, अहिले अधिकांश सूचकहरुमा सुधार छन्, यो क्रम अझै अझै सुधारउन्मुख हुँदै जानेछन् ।’लक्ष्यअनुसार सूचकमा सुधार नआएको भए पनि बैंकिङ तरलतामा सुधार आएको उनको दाबी थियो ।

उनले अघि भने, ‘बैंकिङ तरलतामा सुधार आएको छ । ब्याजदर घट्दो क्रममा छ । शोधनान्तर स्थितिमा सुधार आएको छ । वैदेशिक लगानीको प्रतिबद्धतामा वृद्धि भएकाले औद्योगिक क्षेत्र सञ्चालनका लागि सकारात्मक संकेत देखिएको छ ।’
पर्यटन क्षेत्रमा उल्लेख्य सुधार भएको बताउँदै अथमन्त्री महतले पुस मसान्तसम्ममा ५ लाख ६० हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेको बताए । गत वर्षको यही अवधि यो संख्या जम्मा ३ लाख ९० हजार मात्र थियो ।

सरकारले मूल्यवृद्धिलाई ६.५ प्रतिशतमा झार्ने घोषणा गरेको थियो । ८ प्रतिशतबाट अहिले औसतमा ६.४७ प्रतिशत मा झरेको उनले बताए । त्यसैगरी, बैंकको ब्याजदर घटेसँगै २.६ प्रतिशतले वित्तीय सुधारको सूचक बढेको उनले बताए छ । बैंक तथा वित्तीय क्षेत्रमा जाने कर्जा ४ प्रतिशतले बढेको बताउँदै अर्थमन्त्री महतले धितोपत्र २४ अर्ब ४८ करोड रुपैयाँ बराबरको थप दर्ता नभएको जानकारी दिए ।

 

 

प्रकाशित मिति: २०८०,माघ,२९,सोमवार १६:५६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भजन शिरोमणि भक्तराज आचार्य नेपाली गीत संगीतको आकाशमा बिर्सनै नसक्ने नाम भएको बताएका छन् ।

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणको काम २०८३ सालसम्म सम्पन्न हुने बताएका छन् । लगातार समयावधि

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अमेरिकाका लागि विनोद अधिकारीलाई पर्यटक प्रवर्द्धक नियुक्त गरेको छ । मन्त्रालयले बिहीबार

विराटनगर । विराटनगर महानगरपालिकाले आगलागी नियन्त्रणलाई प्रभावकारी बनाउन सनसारीमाईस्थानमा जडान गरेको डिप बोरिङ सञ्चालनमा ल्याएको छ । महानगरले बजार र

ताजा समाचार

‘फास्ट ट्रयाक २०८३ सम्म तयार हुन्छ’
 २०८०,फाल्गुन,१८,शुक्रवार १५:४०
नेपालले नामिबियालाई हरायो
 २०८०,फाल्गुन,१८,शुक्रवार १५:१३
नामिबियाको चौथो विकेट पतन
 २०८०,फाल्गुन,१८,शुक्रवार १४:३८