क्यान इन्फोटेक–२०२४ को अन्तिम दिन भृकुटीमण्डपमा जे देखियो (फोटोफिचर)

लोकपथ
559
Shares

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि सुरू भएको वृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी क्यान इन्फोटेक २०२४ को आज अन्तिम दिन हो ।

इन्फोटेकको अन्तिम दिन सोमबार विशेष छुट र आकर्षक अफरको लाभ लिन आयोजक क्यान महासंघले आव्हान गरेको छ ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको कुम्भ मेलाको रुपमा हेरिने क्यान इन्फोटेक प्रत्येक वर्ष चल्ने गर्दछ । उक्त मेलामा प्रविधिका क्षेत्रमा भएका आविस्कारसहित नयाँ ब्राण्डहरु देख्न सकिन्छ ।

क्यान इन्फोटेक–२०२४ मा सर्वसाधारणदेखि, कलाकार र नेताहरुले समेत अवलोकन गरेका थिए ।

इन्फोटेकलाई लक्षित गर्दै प्रदर्शनी स्थलमा विभिन्न प्रविधि कम्पनी तथा संघसंस्थाहरूले आफ्नो ब्राण्ड प्रवद्र्धनसँगै विशेष छुट र अफर घोषणा गरेका छन् ।

अहिले त्यहाँ १५० वटा स्टलमा स्टार्टअपदेखि ठूला व्यवसायसम्मको सहभागिता रहेको थियो । भने लाखाैँ दर्शकले विज्ञान तथा प्रविधि प्रदर्शनीको अवलोकन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?