स्थानीय निकायको प्रशासकीय भवन सार्न कोशी सरकारद्वारा सिफारिस

लोकपथ
0
Shares
?????????????????????????????????????????????????????????

विराटनगर । कोशी प्रदेश सरकारले मोरङको कानेपोखरी गाउँपालिकाको प्रमुख प्रशासकीय भवन ५ नम्बरस्थित भौंसाबारीमा सार्न संघ सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री शमशेर राईले जानकारी दिए ।

‘कानेपोखरी गाउँपालिकाको प्रशासनिक भवन हाल भइरहेको ठाउँबाट वडा नम्बर ५ मा सार्ने गाउँसभाको दुई तिहाई बहुमतले निर्णय गरेको र उक्त निर्णय कार्यान्वयन गराउन अदालतबाट समेत फैसला आएको हुँदा सोहीअनुसार भौंसाबारीमा प्रमुख प्रशासकीय भवन सार्न संघ सरकारलाई सिफारिस गर्ने निर्णय भएको छ,’ उनले भने ।

बैठकले प्रदेश किताबखाना निर्देशिका २०८० स्वीकृत गरेको उनले जानकारी दिए । यस्तै, बराह पोखरी गाउँपालिकाको नाम परिवर्तन गरेर बाराहापोखरी गाउँपालिका राख्न माग गर्दै उक्त गाउँपालिकाले गरेको सिफारिस गरेअनुसार संघ सरकारलाई सिफारिस गर्ने निर्णय पनि बैठकले गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?