१५.३३ अंकले बढ्यो नेप्से, ३ अर्ब ५८ करोड कारोबार

लोकपथ
0
Shares

काठमाडौं । साताको दोस्रो दिन सुरुवातका दुई घन्टा घटेको सेयर बजार कारोबारीको चाप बढेपछि बढेको छ । १५.३३ अंकको वृद्धिले नेप्से परिसूचक सोमबार २१०१.१६ विन्ुदमा कायम भएको छ ।

उत्पादक र प्रशोधन उपसमूह २ प्रतिशतले बढेको छ । आज ३१४ वटा कम्पनीको सेयर किनबेच भएको छ । ५ कम्पनीका सेयर मूल्यमा सर्किट स्तरको बढोत्तरी छ । बोटलर्स नेपाल (बालाजु), समाज लघुवित्त, कुथेली बुखारी स्मल हाइड्रोपावर, चिरख्वा हाइड्रोपावर र बलेफी हाइड्रोपावरको सेयर मूल्यमा उच्च बढोत्तरी भएको हो ।

१ करोड १ लाख कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब ५८ करोड ६९ लाख रुपैयाँ छ । उच्च कारोबार भएकाको सूचीमा हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, एनआइसी एसिया बैंक, नेपाल इन्स्योरेन्स र सोनापुर मिनरल्स छन् ।

हिमालयन रिइन्स्योरेन्सको २३ करोड, एनआरएनको १६ करोड ३० लाख, एनआइसी एसिया बैंकको १३ करोड ७७ लाख, नेपाल इन्स्योरेन्सको ११ करोड ३७ लाख र सोनापुरको १० करोड २७ लाखको सेयर कारोबार भएको छ ।
कारोबार भएका कम्पनीमध्ये ४५ वटाको सेयर मूल्य घट्दा लगानीकर्ताले गुमाए पनि १९९ कम्पनीका सेयर लगानीकर्तालाई फाइदा भएको छ । ४ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?