जुनियर ब्वाइज बास्केटबलको सेमिफाइनलमा स्किब्स

लोकपथ
35
Shares

काठमाडौं । स्किब्स प्रथम सेब अन्तरविद्यालय जुनियर ब्वाइज बास्केटबल प्रतियोगितामा सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ ।सामाखुशीस्थित आयोजक सेबको कोर्टमा स्किब्सले जीवन ज्योतिलाई २०–१५ ले पराजित ग¥यो । स्किब्सका सफल रानाभाटले ६ अंक जोडे ।

किङडम, एन्जल्स हार्ट र ग्रिनफिल्ड पनि सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भए । किङडमले ग्रिनल्यान्डलाई ३५–१६ ले हरायो । किङडमका लोप्साङले १४ स्कोर गरे ।एन्जल्स हार्टले इडेन ब्रिज एकेडेमी (इबीए) लाई ३४–२५ ले पाखा लगायो । एन्जल्स हार्टका आदित पुनले १० अंक जोडे ।

ग्रिनफिल्डले भ्याली पब्लिकको चुनौती ४१–८ ले सहजै पन्छायो । ग्रिनफिल्डका दिप रोलेयाले १७ अंक बटुले ।
सेमिफाइनलमा ग्रिनफिल्डको भेट किङडमसँग हुनेछ भने एन्जल्स हार्टले स्किब्सको सामना गर्ने छ । सेमिफाइनल मंगलबार हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?