भिम र अनिलको शतकमा क्यानडाविरुद्ध नेपालको शानदार जित

लोकपथ
910
Shares

काठमाडौं । नेपालले क्यानडाविरुद्ध शानदार जित हात पारेको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा भएको त्रिकोणात्मक एकदिवसीय शृंखलाको अन्तिम तथा तेस्रो खेलमा नेपाल ९ विकेटले विजयी भएको हो ।

क्यानडाले दिएको २३३ रनको लक्ष्य नेपालले ४३ ओभरमा एक विकेटको क्षेतीमा पूरा गरेको हो । नेपालका जितका लागि ब्याटर भिम सार्की र अनिल शाहले शतक प्रहार गरेका छन् ।

नेपालको जितमा भीम सार्की र अनिल शाहले कीर्तिमानी साझेदारी गरे । अनिल ११२ र भीम १०१ रनमा अविजित रहे । कुशल भुर्तेलले १३ रनको योगदान दिए ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३२ रन बनाएको थियो ।

क्यानडाका लागि नभनीत धलिवालले सर्वाधिक ५० रन बनाएका थिए । त्यस्तै, आरोन जोनसन ४, श्रीमन्था विजयरत्न २२, निकोलस किर्तोन ३ रन, श्रेयस मोभा २९, डिलोन हेलिगर ४ र निखिल दत्त ४५ रन बनाएर आउट हुँदा कप्तान साद बिन जाफर २९ रनमा अविजित रहे ।

बलिङमा नेपालका डेब्यु खेल खेलेका हेमन्त धामीले सर्वाधिक ३ विकेट लिदा कुशल मल्लले २, आकाश चन्द र ललित राजवंशीले १–१ विकेट लिएका थिए ।

नेपालले पहिलो खेलमा ७ रन र दोस्रो खेलमा ४ विकेटको जित निकालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?