बाँदर र मानिसबीचको युद्धमा आधारित ‘किङ्डम अफ द प्लानेट’को ट्रेलर रिलिज (भिडियोसहित)

लोकपथ
280
Shares

काठमाडौं । हलिउड फिल्म ‘किंगडम अफ द प्लानेट अफ द एप्स’ को ट्रेलर सार्वजनिक भएको छ । ‘किङ्डम अफ द प्लानेट अफ द एप्स’ हलिउडको बहुप्रतिक्षित चलचित्र मध्ये एक हो । यो फिल्मको हिन्दी ट्रेलर सोमबार रिलिज भएको छ । २०औँ शताब्दी स्टुडियोको ब्यानरमा बनेको यो फिल्ममा एकदमै नयाँ एक्सन देख्न सकिन्छ ।

फिल्मलाई वेस बलले निर्देशन गरेका हुन् जसमा एप्सको राज्य र तिनीहरूका मानवहरू बीचको द्वन्द्वलाई चित्रण गरीएको छ ।

यसको ट्रेलरलाई दर्शकले निकै रुचाइरहेका छन् भने हलिउड फ्यानमा यसको रिलिजलाई लिएर उत्साह पनि बढेको छ । ओवेन टीग, फ्रेया एलेन र केभिन डुरान्ड फिल्म ‘किंगडम अफ द प्लानेट’ मा देखिनेछन्। फिल्म जोश फ्राइडम्यान, रिक जाफा, अमान्डा सिल्भर र प्याट्रिक ईसनले लेखेका हुन्। यो फिल्म १० मे २०२४ मा अंग्रेजी, हिन्दी, तमिल र तेलुगु भाषाका थिएटरहरूमा रिलिज हुनेछ।

ट्रेलरको सुरुमा बाँदर र मानिस विगतमा सँगै बस्ने गरेको देखाइएको छ । ट्रेलरमा बाँदरहरू मानिसजस्तै बोल्छन् र घोडा दौडिरहेका छन्, तर यस बाँदर ग्रहको एक तानाशाह बाँदर नेताले आफ्नो साम्राज्य निर्माण गर्दै, बदला लिन मानिसहरूलाई दास बनाउन थाल्छ र उनीहरूमाथि अत्याधिक अत्याचार गर्छ। त्यसपछि बाँदर र मानिसबीच युद्ध सुरु हुन्छ ।

एउटा जवान बाँदरले मानिसलाई साथ दिइरहेको छ । यसैबीच उनीहरूको जनजातिको एउटा जवान बाँदरले एउटी केटीलाई साथ दिन्छ र उसले पनि उनीहरूको दमन सहनु पर्छ। फिल्मको ट्रेलरमा अचम्मको थ्रिल र एक्सन देखाइएको छ, जसका कारण दर्शकले फिल्म हेरेपछि उत्कृष्ट साहसिक कार्यको आनन्द लिन सक्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?