१८ फाल्गुन २०८०, शुक्रवार

२५ वर्षपछि ब्रह्मानन्दनको बलिउड कमब्याक

२०८०,माघ,२९,सोमवार १५:१३

1.143k
Shares

काठमाडौं । टलिउडका ‘कमेडी किङ’का रुपमा परिचित अभिनेता ब्रह्मानन्दमले २५ वर्षपछि बलिउडमा कमव्याक गर्ने भएका छन् ।

हालै उनले लामो समयपछि टलिउडमा पनि कमव्याक गरेका थिए । उनको उपस्थितिलाई दर्शकले लामो समयदेखि प्रतिक्षा गरिरहँदा ‘कीडा कोला’मार्फत टलिउड कमव्याक गरेका थिए ।

ब्रह्मानन्दमले यसपटक गुरु रंधावाको फिल्म ‘कुछ खट्टा हो जाए’मार्फत बलिउडमा कमव्याक गर्न लागेका हुन् ।

यो फिल्ममा गुरु नै ‘हिरो’का रुपमा डेब्यू गर्दैछन् । फिल्ममा सई मान्जरेकर अभिनेत्रीका रुपमा हुनेछिन् । उनलाई ‘मेजर’ र ‘स्कन्द’ जस्ता फिल्मका लागि दर्शकले चिन्दछन् ।

फिल्ममा जी अशोकको निर्देशन रहनेछ । फिल्ममा ब्रह्मानन्दनको भूमिका कस्तो हुनेछ भन्ने हालसम्म केही खुलेको छैन ।

फिल्म फेब्रुअरी १६ मा रिलिज हुँदैछ । ब्रह्मानन्दले अमिताभ बच्चन अभिनित फिल्म ‘सूर्यवंशम’मार्फत बलिउडमा डेब्यू गरेका थिए ।

उनलाई साउथका सुपरस्टार प्रभासको फिल्म ‘द राजा साब’ र राम चरणको फिल्म ‘गेम चेञ्जर’को पनि प्रस्ताव आएको छ ।

ब्रह्मानन्दमको तेलुगू फिल्ममा ठूलो योगदान छ । उनले कैयौं राम्रा फिल्ममा अभिनय गरेका छन् ।

उनले सयौं फिल्ममा आफ्नो कमेडी अभिनय देखाइसकेका छन् । आचार्य नागार्जुन युनिभर्सिटीले उनलाई ‘डक्टरेट’को उपाधि पनि दिइसकेको छ । उनको पारिश्रमिक अन्य कमेडीयनको भन्दा उच्च छ ।

प्रकाशित मिति: २०८०,माघ,२९,सोमवार १५:१३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । यही फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘उपहार’को नयाँ गीत ‘कहिले बार बिर्सिन्छु’ सार्वजनिक भएको छ ।बिहीबार सार्वजनिक

काठमाडौं । अभिनेता प्रदीप खड्काको प्रमुख भूमिकामा अभिनय रहने फिल्म ‘एक्टर’मा नवअभिनेत्रीका रुपमा दिव्या रायमाझी जोडिएकी छन् । निर्माणपक्ष र

काठमाडौं । अभिनेता अर्पण थापा विशेषत फिल्ममा नकारात्मक चरित्रमा रुचाइएका अभिनेता हुन् । उनले आफूले अभिनय गरेका प्रत्येक फिल्मका चरित्रमा

काठमाडौं । पप स्टार एडेलले स्वास्थ्यको कारण जनाउँदै संगीतबाट केही समय ब्रेक लिने घोषणा गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत

ताजा समाचार

भरतपुरमा पर्यटन विकासको सम्भावना प्रचुर : ओली
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:३०
भ्रमण वर्षले चितवनको पर्यटन प्रवर्द्धन टेवा
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:२५