१८ फाल्गुन २०८०, शुक्रवार

फिल्म ‘तेल भिसा’को अडिसन आह्वान

२०८०,माघ,२९,सोमवार १४:१३

108
Shares

काठमाडौं । फिल्म ‘तेल भिसा’ले अडिसन आह्वान गरेको छ । विपिन कार्की, गौरी मल्ल, ऋचा घिमिरे, वर्षा राउत, बुद्धि तामाङ्गको अभिनय रहने फिल्मले बाँकी कलाकार छनोटका लागि अडिसन आह्वान गरेको हो ।

निर्देशक शंकर घिमिरेको निर्देशनमा चैतको दोस्रो हप्तादेखि अमेरिकाको मेरिल्याण्ड राज्यबाट छायांकनमा जाने फिल्ममा मुख्य कलाकारको लाइनअप सकिए पनि अमेरिकातर्फको दृश्यका लागि विविध भूमिकामा अडिसन आह्वान गरिएको हो ।

यो अडिसनमा विभिन्न उमेर समूहका अमेरिकनसहित अफ्रिकन पाकिस्तानी, मेक्सिकन, कोरियन, साउथ एसियन सहित फरक–फरक वर्ण देखिने नेपालीसहित विदेशी मूलका महिला पुरुषले अडिसनमा सहभागिता जनाउन सक्नेछन् ।

निर्देशक घिमिरेका अनुसार अडिसनमा सहभागिता जनाउनका लागि अमेरिकामै बसोबास गरिरहेका ब्यक्ति हुनुपर्ने छ । ‘उनीहरुमा कलाकारितासँगै अमेरिकाको रहनसहन, भाषा र भेषभुषाको समेत राम्रो ज्ञान हासिल हुनुपर्नेछ’, उनले भने ।

सेभेन सिज इन्टरटेन्मेन्टसँग शंकर घिमिरेको वेल डन क्रिएशनले साझेदारी गर्दै निर्माण गर्न लागेको फिल्मको ७० प्रतिशत छायाङ्कन अमेरिकाको मेरिल्याण्ड, भर्जिनिया, न्यूयोर्क, वासिङटन डिसीसहित विभिन्न लोकेशनमा हुनेछ भने बाँकी ३० प्रतिशत नेपालमा हुने छ ।

फिल्म निर्माणका लागि नेपाल अमेरिका फिल्म सोसाइटीसहित विभिन्न नेपाली संघसंस्थाले सहजीकरण गर्दैछन ।

विभिन्न लोकेशन पर्मिटका लागि मेरिल्याण्ड स्टेटका डेलिगेट ह्यारी भण्डारीलगायतको टिमले अमेरिकी सरकारको तर्फबाट फिल्मको छायाङ्कनमा सहयोग गर्दैछन् ।

प्रकाशित मिति: २०८०,माघ,२९,सोमवार १४:१३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । यही फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘उपहार’को नयाँ गीत ‘कहिले बार बिर्सिन्छु’ सार्वजनिक भएको छ ।बिहीबार सार्वजनिक

काठमाडौं । अभिनेता प्रदीप खड्काको प्रमुख भूमिकामा अभिनय रहने फिल्म ‘एक्टर’मा नवअभिनेत्रीका रुपमा दिव्या रायमाझी जोडिएकी छन् । निर्माणपक्ष र

काठमाडौं । अभिनेता अर्पण थापा विशेषत फिल्ममा नकारात्मक चरित्रमा रुचाइएका अभिनेता हुन् । उनले आफूले अभिनय गरेका प्रत्येक फिल्मका चरित्रमा

काठमाडौं । पप स्टार एडेलले स्वास्थ्यको कारण जनाउँदै संगीतबाट केही समय ब्रेक लिने घोषणा गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत

ताजा समाचार

भरतपुरमा पर्यटन विकासको सम्भावना प्रचुर : ओली
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:३०
भ्रमण वर्षले चितवनको पर्यटन प्रवर्द्धन टेवा
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:२५