१८ फाल्गुन २०८०, शुक्रवार

२५ वर्षपछि अरशद र मारियाको विवाह दर्ता

२०८०,माघ,२९,सोमवार १२:५५

0
Shares

मुम्बई । बउिड अभिनेता अरशद वारसी र मारिया गोरेट्टीको विवाहको २५ वर्ष पुगेको छ । जोडीले सन् १९९९, फेब्रुअरी १४ मा भ्यालेन्टाइन डेको अवसर पारेर विवाह गरेका थिए । जोडीले विवाहको २५ वर्षको अवसर पारेर गत जनवरी २३ मा अदालतमा आधिकारिक रुपमा विवाह दर्ता गराएका छन् ।

हालै एक अन्तरवार्तामा अरशदले विवाह दर्ताबारे दिमागमा नआएको र यो आफ्ना लागि महत्वपूर्ण छ भन्ने कुरा पनि थाहा नभएको खुलासा गरेका छन् । उनले सम्पत्तिको मामला र कसैको निधनपछि यसको महत्वबारे आफूले थाहा पाएको बताएका छन् । ‘हामीले कानूनका लागि गरेका हौं । मलाई लाग्छ कि भागिदारका रुपमा यदि तपाईं एकअर्कालाई प्रेम गर्नुहुन्छ भने यसले महत्व राख्छ’, उनले भनेका छन् ।

उनले अन्तरवार्तामा भ्यालेन्टाइनसँग जोडिएको आफ्नो डरलाग्दो स्मरणबारे बताएका छन् । ‘मलाई आफ्नो विवाहको मिति अरु कसैलाई सुनाउन घृणा लाग्छ, किनकी यो निकै घटिया लाग्छ । मारिया र म यो कुरामा लज्जित हुन्छौं । यद्यपि, यो हामीले जानेर बुझेर गरेका होइनौं’, उनले भनेका छन् ।

 

प्रकाशित मिति: २०८०,माघ,२९,सोमवार १२:५५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मुम्बई । बलिउडका ‘मिस्टर खिलाडी’ अर्थात् अभिनेता अक्षय कुमार राजनीतिमा प्रवेश गर्ने भएका छन् । आगामी लोकसभा चुनावमा उनी भारतीय

काठमाडौं । इरानमा आज आम निर्वाचन हुँदै छ । सन् २०२० को संसदीय चुनावपछि इरानले लगातार चुनौतीहरु सामना गरिरहेकाले यो

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा परमाणु (आणविक) हतियार प्रयोग गर्ने चेतावनी दिएका छन् । रुस युक्रेन युद्ध

काठमाडौं । पाकिस्तानमा अब राष्ट्रपति चुनावको तयारी सुरु हुँदै छ । आम निर्वाचन सम्पन्न भइसकेकाले पाकिस्तानको निर्वाचन आयोगले राष्ट्रपति पदका

ताजा समाचार

‘दिमागका फोहोर हटाउने साबुन साहित्य हो’
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:३३
भरतपुरमा पर्यटन विकासको सम्भावना प्रचुर : ओली
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:३०
भ्रमण वर्षले चितवनको पर्यटन प्रवर्द्धन टेवा
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:२५