धेरै सडक दुर्घटना हुनुका नौ कारण

काठमाडौँ, १२ कात्तिक- सप्तरीको राजविराजबाट काठमाडौंतर्फ गइरहेको ना.६ख १४६७ नम्बरको बस धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीनजिकै त्रिशूली नदीमा बस खस्दा ३१ यात्रुको मृत्यु भएको छ । १६ घाइते भएका छन् । अधिकांश मृतक सप्तरीका छन् । उनीहरू सबै छठ मनाएर काठमाडौं फर्कंदै थिए । शनिबार बिहान साढे ५ बजेतिर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक कृष्णराज सापकोटाले बताए । साँझसम्म २९ मृतकको मात्रै सनाखत भएको उनले बताए, नयाँ पत्रिकामा खबर छ १) सडकको अवस्थाअहिलेसम्म नेपालमा सबै प्रकारका (कालोपत्रे, खण्डास्मित र कच्ची) सडकको कुल लम्बाइ ७० हजार ६ सय किमि पुगेको छ । ती सडकमध्ये करिब २५ हजार किमि सडक वर्षभर नै यातायात सञ्चालनयोग्य छ । त्यसमध्ये ११ हजार किमिमा मात्र कालोपत्रे गरिएको छ । हामीकहाँ कुनै पनि सडकको ट्रयाक खोल्नेबित्तिकै सवारी सञ्चालन गरिन्छ । प्राविधिक रूपमा ‘अनफिट’ सडकमा दुर्घटनाको उच्च जोखिम हुन्छ २) ‘रोड सेफ्टी अडिट’ र ‘ब्ल्याक स्पट’ न्यूनसुरक्षामा केन्द्रित भई व्यवस्थित तरिकाले सडकको जाँच गर्नेे विधि नै सडक सुरक्षा परीक्षण (रोड सेफ्टी अडिट) हो । यसरी जाँच गर्दा सडकमा हुन सक्ने सम्भावित खतरालाई पहिचान गर्ने र समाधान गर्ने गरिन्छ । तर, नेपालमा कुल सडकमध्ये मुस्किलले २ प्रतिशतमा मात्र अडिट गरिएको छ । यसको साथै ब्ल्याक स्पट चिनाउने अध्ययन पनि कम हुने गरेको छ ३) सवारीसाधनको अवस्था०५६ मा सरकारले उत्पादन मितिले २० वर्षभन्दा बढी भएको कुनै पनि सवारीको दर्ता हेरफेर र नामसारी गर्न नपाउने व्यवस्था गरेको छ । साथै, यस्ता सवारीसाधन अनिवार्य पत्रु गर्नुपर्नेछ । तर, व्यवसायीले तोकिएको अवधि नाघेका सवारीसाधन पत्रु गर्ने गरेका छैनन् । यातायात व्यवस्था विभागले पनि अनुगमनमा कडाइ गर्न सकेको छैन । यसकारण पुराना सवारीसाधनको ब्रेक तथा अन्य मेसिन विग्रिँदा वा काम नगर्दा पनि दुर्घटनामा पर्ने गरेका छन् ४) सवारीचालकको (अ)दक्षता र (कम)अनुभवनेपालमा अझैसम्म व्यावसायिक र गैरव्यावसायिक भनेर चालकलाई वर्गीकरण गरिएको छैन । यस्तो निश्चित मापदण्ड नहुँदा व्यावसायिक रूपमा सवारी चलाउने काम नगर्नेले पनि सवारी चलाउँदा दुर्घटना हुने गरेका छन् । किनकि उसमा अनुभवको कमी हुने ट्राफिक इन्जिनियरहरूको भनाइ छ । यसको साथै, ट्राफिक संकेत बुझ्न सक्ने क्षमताको जाँच र शैक्षिक योग्यता अझै तोकिएको छैन । कतिपय यात्रुबाहक सवारीमा कम उमेरका व्यक्तिले चलाउने र चलाउनमा दक्षता नहुँदा दुर्घटना हुने गरेका छन् ५) यात्रुको ढिपीयात्रुको ढिपीका कारण पनि सडक दुर्घटना हुने गरेको ट्राफिक इन्जिनियरहरूको भनाइ छ । गन्तव्यसम्म पुग्न चालकलाई दबाब दिने, छिटो हाँक्न लगाउनेलगायत व्यवहारले पनि दुर्घटनालाई निम्त्याइरहेको छ ६) सवारीसाधनको समयमै मर्मतसवारीसाधनको मर्मत समयमा गर्ने गरिएको छैन । यात्रा थालनीपूर्व साधनलाई प्राविधिक रूपमा तयारी अवस्थामा राखिँदैन । यसकारण पनि सवारीसाधन दुर्घटनामा पर्ने गरेका छन् ७) क्षमताभन्दा बढी यात्रुदेशका विभिन्न ठाँउमा भएका दुर्घटनामा देखिने एउटा ‘ट्रेन्ड’ क्षमताभन्दा बढी यात्रु बोक्नु हो । प्राविधिक रूपमा सक्षम नरेहका सडकमा क्षमताभन्दा बढी यात्रु बोक्दा सवारीसाधनले सन्तुलन गुमाउँदा दुर्घटना हुने गरेको छ ८) तीव्र गतिसडक विभागले गरेको अध्ययनले सवारीसाधनको तीव्र गतिलाई पनि दुर्घटनाको कारण मानेको छ । सडक निर्माण गर्दा निश्चित गति तोकिएको हुन्छ । जबकि चालकले सो मापदण्ड तोडेर सवारी हाँक्दा पनि दुर्घटना भएको छ । त्यस्तै, सवारीसाधन चलाउँदा अन्य विषयमा ध्यान केन्द्रित गर्दा, क्षमताभन्दा बढी भार बोकाउँदा र मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा पनि दुर्घटना हुने अध्ययनले देखाएका छन्९) अन्य कारणवर्कसपको मापदण्ड व्यवस्थित गरिएको छैन । सडक र सवारीसाधन नियमित गर्ने ऐ– नियम समय सापेक्षित छैनन् । त्यस्तै, सडक विभागले गरेको अध्ययनले ड्राइभरको ‘ड्राइभिङ ह्याबिट’ परिवर्तन नभएको देखाएको छ । यसले पनि दुर्घटना बढाएको छ । साथै, सडकको मर्मत समयमा हुने गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?