१८ फाल्गुन २०८०, शुक्रवार

पाकिस्तान निर्वाचन : इमरानको पार्टीले ल्यायो १०१ सिट, कुनै दलले ल्याएनन् बहुमत

२०८०,माघ,२९,सोमवार १०:४६

2.547k
Shares

काठमाडौं । पाकिस्तानमा प्रतिनिधि सभाका २६६ सिटका लागि भएको मतदानको मत परिणाम सार्वजनिक भएको छ ।

प्रतिनिधि सभाका २६६ सिटका लागि भएको मतदानमा गएरातिसम्म २६४ क्षेत्रको मतगणना सम्पन्न भएको पाकिस्तान निर्वाचन आयोगले जनाएको छ ।

२६६ सिटका लागि भएको निर्वाचनमा २६४ सिटको नतिजा सार्वजनिक हुँदा १ सिटको निर्वाचन रद्द भएको छ भने एक क्षेत्रमा मतगणना नै स्थगित भएको छ।

२६४ सिटको नतिजा सार्वजनिक हुँदा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीले पाकिस्तान तेहरिक–इ–इन्साफ (पिटिआई) समर्थित स्वतन्त्र उम्मेदवारहरूले उत्साहजनक १०१ सिट जितेको छ।

पिटिआईलाई त्यहाँको निर्वाचन आयोगले उनीहरूको चुनाव चिह्न दिएको थिएन । निर्वाचन चिह्न नदिएपनि पिटिआई समर्थित नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएर चुनाव लडेका थिए।

पाकिस्तानको सेनाले समर्थन गरेको नवाज सरिफको पाकिस्तान मुस्लिम लिग–नेश्नलिस्ट (पिएमएल–एन)ले भने ७५ सिटमा मात्रै जित हात पार्यो ।

सेनाको समर्थनका बाबजुद पनि पिएमएल–एनदलले बहुमत पाउन सकेन।यस्तै, मुत्ताहिडा क्वमी मुभमेन्टले १७ सिट जित्दा बिलाओल भुट्टोको पाकिस्तान पिपुल्स पार्टी पार्लियामेन्टेरियन (पिपिपी)ले ४ सिट जितेको छ ।
चारवटै प्रान्तीय सभाको पनि परिणाम आइसकेको छ।

जसमा पञ्जाबमा २९७ सिटका लागि भएको निर्वाचनमा १३८ सिटमा इमरान खान समर्थित स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्।पञ्जाबमा पिएमएल– एनले १३७ सिट र पिपिपीले १० सिट ल्याएको छ।

सिन्धमा पिपिपीले बचस्व कायम राख्यो । १३० सिट मध्ये पिपिपीले ८४ सिट जितेको छ । यस्तै, मुत्ताहिडा क्वमी मुभमेन्ट पाकिस्तानले २८ सिट जित्दा इमरान खान समर्थित स्वतन्त्र उम्मेदवारले १३ सिट पाए ।तर, खेबर पख्तुन्ख्वा प्रान्तमा भने स्वतन्त्र उम्मेदवारले १२२ मध्ये ९० सिट जितेका छन्।

मतदानको पूर्वसन्ध्यामा बलुचिस्तान प्रान्तका दुई स्थानमा कम्तिमा २३ जनाको ज्यान जाने गरी भएको बम विस्फोटका बाबजुत त्यहाँको निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको थियो ।उक्त प्रान्तमा ५१ सिटका लागि गरिनएको निर्वाचनमा पिपिपीले ११, पिएमएल–एनले १०, जमियत उलमा–इ–इस्लामले ११ र स्वतन्त्र उम्मेदवारले ६ सिट जितेको छ।

मतपरिणाम आएसँगै सरकार गठन केन्द्र र प्रान्तमा चर्चाको विषय बनेको छ । केन्द्रमा कुनैपनि दलको बहुमत नआउँदा पाकिस्तानको आगामी प्रधानमन्त्री को बन्छ भन्ने स्पष्ट भइसकेको छैन। पञ्जाब र बलोचिस्तान दुई प्रान्तमा पनि मतपरिणामले केन्द्रकै अवस्था बनाइदिएको छ ।

बिहीबार भएको आम निर्वाचनमा मतदान र मतगणनाको समयमा मोबाइल र इन्टरनेट सेवा बन्द गरिएको थियो। कतिपय नेता कार्यकर्ताहरूलाई पक्राउ र पत्रकारहरूमाथि समेत कुटपिट भएको समाचारहरू सार्वजनिक हुँदा यसपालि सेनाले निर्वाचनमा धाँधली र हस्तक्षेप गरेका कारण निष्पक्ष निर्वाचन हुन नकसेको टिप्पणी भएको छ । अमेरिका, बेलायत र इयूले वक्तव्य नै जारी गरेर पाकिस्तानको निर्वाचनमा सेनाले धाँधली र हस्तक्षेप गरेको बताउँदै छानबिनको माग गरेका छन् ।

प्रकाशित मिति: २०८०,माघ,२९,सोमवार १०:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मुम्बई । बलिउडका ‘मिस्टर खिलाडी’ अर्थात् अभिनेता अक्षय कुमार राजनीतिमा प्रवेश गर्ने भएका छन् । आगामी लोकसभा चुनावमा उनी भारतीय

काठमाडौं । इरानमा आज आम निर्वाचन हुँदै छ । सन् २०२० को संसदीय चुनावपछि इरानले लगातार चुनौतीहरु सामना गरिरहेकाले यो

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा परमाणु (आणविक) हतियार प्रयोग गर्ने चेतावनी दिएका छन् । रुस युक्रेन युद्ध

काठमाडौं । पाकिस्तानमा अब राष्ट्रपति चुनावको तयारी सुरु हुँदै छ । आम निर्वाचन सम्पन्न भइसकेकाले पाकिस्तानको निर्वाचन आयोगले राष्ट्रपति पदका

ताजा समाचार

प्रिन्स र प्रफुल उपाधिका लागि पुन : भिड्ने
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:५०
बालिका र सरस्वती महिला क्रिकेटको फाइनलमा
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:४६
‘दिमागका फोहोर हटाउने साबुन साहित्य हो’
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:३३
सेन्सर बोर्डप्रति दिपकराज गिरीको कटाक्ष
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:५१
भरतपुरमा पर्यटन विकासको सम्भावना प्रचुर : ओली
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:३०
भ्रमण वर्षले चितवनको पर्यटन प्रवर्द्धन टेवा
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:२५