प्रदेश १ को राजधानी विराटनगर राख्ने नेकपाको निर्णय

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश १ को स्थायी राजधानी विराटनगर नै राख्ने निर्णय गरेको छ । 

नेकपा संसदीय दलको बैठकले प्रदेश राजधानी विराटनगरमा राख्ने निर्णय गरेको हो ।

संसदीय दलको निर्णयबारे जानकारी दिँदै प्रदेश सरकारका प्रवक्ता हिक्मत कार्कीले सोबारे जानकारी दिएका हुन् । 

उनले भने, ‘राजधानी विराटनगर रहने कार्यपालिका, व्यवस्थापिकालगायतका संरचना इटहरी विराटनगर सुन्दरहरैंचा आसपास संरचना निर्माण गर्ने निर्णय भएको छ ।’

नेकपाका अनुसार यससम्बन्धी प्रस्तान प्रदेशसभामा दर्ता गर्ने जनाएको छ । 

प्रदेशको राजधानी प्रदेशसभाको दुई तिहाइ बहुमतले टुंगो लगाउने संवैधानिक व्यवस्था छ । 

प्रदेश १ मा नेकपाको दुई तिहाइ बहुमत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?