१८ फाल्गुन २०८०, शुक्रवार

१० अंकले घट्यो नेप्से, ४ अर्ब रुपैयाँको कारोबार

२०८०,माघ,२८,आईतवार १६:२१

72
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आइतबार नेप्से परिसूचक १०.५० अंकले घटेर २०८५.८२ विन्दुमा झरेर बन्द भएको हो ।

तीन उपसमूह डेभलपमेन्ट, हाइड्रो र म्यु्चुअल फण्डबाहेक अन्य १० उपसमूहको सूचक नकारात्मक देखिएका छन् ।
दोहोरो अंकले घटेको बजारमा दुई कम्पनीको मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।

समाज लघुवित्त वित्तीय र कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर सकारात्मक सर्किट स्तरमा कारोबार भएको हो ।
कारोबारमा आएका ९१ कम्पनीको मूल्य बढ्दा १४८ को घटेको छ भने ८ कम्पनीको सेयरमा कुनै परिवर्तन भएन ।
३०५ कम्पनीको १ करोड ५ लाख ७१ हजार १ सय ९९ कित्ता सेयर ४ अर्ब ८ करोड ५६ लाख ७८ हजार ४ सय ७२ रुपैयाँमा कारोबार भएको छ ।

कारोबारका आधारमा आज पनि हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा छ । उक्त कम्पनीको ६२ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस्तै एनआरएन इन्फ्रस्ट्रक्चरको १२ करोड, हिमालयन डिष्टिलरीको ९ करोड २३ लाख र एनआइसी एसिया बैंकको ८ करोड ४२ लाखको कारोबार भएको छ ।

प्रकाशित मिति: २०८०,माघ,२८,आईतवार १६:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेकोे छ । राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर एकको

काठमाडौं । सेयर बजार परिसुचक नेप्सेमा बिहीबार उच्च अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २८.६८ अंकले घटेर १९७२.०९

काठमाडौं । नेपाल राष्ट्र बैकले बैंकिङ प्रणालीमा ३८ करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकका अनुसार पेन्सन

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेर आउँदा चाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज

ताजा समाचार

प्रिन्स र प्रफुल उपाधिका लागि पुन : भिड्ने
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:५०
बालिका र सरस्वती महिला क्रिकेटको फाइनलमा
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:४६
‘दिमागका फोहोर हटाउने साबुन साहित्य हो’
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:३३
सेन्सर बोर्डप्रति दिपकराज गिरीको कटाक्ष
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:५१
भरतपुरमा पर्यटन विकासको सम्भावना प्रचुर : ओली
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:३०