१८ फाल्गुन २०८०, शुक्रवार

‘पुष्पा २’लाई आइटम गीत बनाउन सकस

२०८०,माघ,२८,आईतवार १३:५३

1.089k
Shares

मुम्बई । तेलुगु सुपरस्टार अल्लू अर्जुनको नयाँ फिल्म ‘पुष्पा २’ धमाधम सुटिङको काम भइरहेको छ । तर फिल्मका संगीतकार देवी श्री प्रसादलाई आइटम गीतका लागि उत्कृष्ट धुन निकाल्न नै सकस परिरहेको समाचार बाहिरिएका छन् । जसकारण अहिलेसम्म आइटम गीतको काम अघि बढ्न सकेको छैन ।

अल्लू अर्जुन पनि यो गीतमा नृत्य गरेर आफू अझ चर्चामा आउन चाहन्छन् । त्यसकारण निर्माताहरु पनि अघिल्लो ‘पुष्पा’को आइटम गीत ‘उ अँटावा’ भन्दा पनि जबरदस्त बनाउन चाहिरहेका छन् । यसैकारण पनि निर्माताले आइटम गीत बनाउने कामलाई हालका लागि थाँतीमा राखेका छन् ।

यता ‘पुष्पा २’को आइटम गीतका लागि निर्माण पक्षले श्रीलीलालाई अनुबन्ध गरेको थियो । तर आइटम गीत नै तत्काल बन्ने सम्भावना नरहेपछि निर्माण पक्षले श्रीलीलालाई पनि बिदा गरेको छ ।

निर्माताहरुले आइटम गीतका लागि सामन्था रुथ प्रभुकै जस्तो दमदार अभिनेत्रीलाई छनोट गर्ने नीति अनुरुप श्रीलीलालाई चयन गरेका थिए । श्रीलीला यो फिल्मका लागि उत्साहित पनि थिइन् । तर संगीत नै तयार नभएपछि श्रीलीलाको आइटममा नाच्ने सपना तत्कालका लागि अपुरो बनेको छ ।

प्रकाशित मिति: २०८०,माघ,२८,आईतवार १३:५३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मुम्बई । बलिउडका ‘मिस्टर खिलाडी’ अर्थात् अभिनेता अक्षय कुमार राजनीतिमा प्रवेश गर्ने भएका छन् । आगामी लोकसभा चुनावमा उनी भारतीय

काठमाडौं । इरानमा आज आम निर्वाचन हुँदै छ । सन् २०२० को संसदीय चुनावपछि इरानले लगातार चुनौतीहरु सामना गरिरहेकाले यो

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा परमाणु (आणविक) हतियार प्रयोग गर्ने चेतावनी दिएका छन् । रुस युक्रेन युद्ध

काठमाडौं । यही फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘उपहार’को नयाँ गीत ‘कहिले बार बिर्सिन्छु’ सार्वजनिक भएको छ ।बिहीबार सार्वजनिक

ताजा समाचार

बालिका र सरस्वती महिला क्रिकेटको फाइनलमा
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:४६
‘दिमागका फोहोर हटाउने साबुन साहित्य हो’
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:३३
भरतपुरमा पर्यटन विकासको सम्भावना प्रचुर : ओली
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:३०
भ्रमण वर्षले चितवनको पर्यटन प्रवर्द्धन टेवा
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:२५