भाइरल ज्वरोको प्रकोपमा बाजुरावासी, ५५ वर्षीया छञ्जकलाको मृत्यु


लोकपथ
प्रकाशित मिति : २२ बैशाख २०७६, आईतवार ०९:४५

बाजुरा । जिल्लाको हिमाली गाउँपालिका–५ क्युडी र ६ को पाडीगाउँमा एक सातादेखि भाइरल ज्वरोको प्रकोप बढेको छ । भाइरल ज्वरोका कारण एकको मृत्यु समेत भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख अशोक सिंहले बताए । मृत्यु हुनेमा क्युडीकी ५५ वर्षीया छञ्चकला बुढा रहेको बताइएको छ । मृतक बुढाको वैशाख १८ गते मृत्यु भएको हो ।

हिमालीको क्युडी र पाडीगाउँमा रहेका सबै परिवारका सदस्य भाइरल ज्वरोको प्रकोपमा रहेको स्वास्थ्यकर्मीले बताएका छन् । मौसम परिवर्तनका कारण मानिसलाई रुघाखोकी, टाउको दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखापरेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख सिंहले जानकारी दिए ।

रुगिन स्वास्थ्य चौकीका प्रमुख धनबहादुर फडेराको नेतृत्वको टोली क्युडीगाउँमा गएर ९३ भन्दा बढीको उपचार गरेको प्रमुख सिंहको भनाइ छ । रुघाखोकी पूर्णरुपमा नियन्त्रणमा नआउँदासम्म दुई स्वास्थ्यकर्मी गाउँमै रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । एक अहेब र एक अनमी गाउँमै उपचार गरिरहेको छन्, थप जटिल समस्या आएमा थप स्वास्थ्यकर्मी पठाउने स्वास्थ्य कार्यालयले जनाएको छ ।
    
मौसमी रोगका बिरामी बढे   

जाडो सकिएसँगै गर्मीयाम लागेपछि जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा विभिन्न मौसमी रोगका बिरामी बढेका छन् । झाडापखाला, टाइफाइड, भाइरल ज्वरो, रुघाखोकी, आउँ र हैजाजस्ता रोग देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका सूचना अधिकारी कुलबहादुर रावलले बताए । अहिले स्थानीयवासिन्दा दिनहुँजसो ज्वरो आउने, रुघाखोकी लाग्ने, कडा टाउको दुख्नेजस्ता लक्षण लिएर उपचारमा पुग्ने गरेका छन् ।

एकसातादेखि मौसमी रोगका बिरामी उपचारका लागि आउन थालेका छन् । हिजोआज दैनिक १५० झाडापखाल, रुघाखोकी र ज्वरोका बिरामी  आइरहेका छन् । मौसमी बिरामी बढी आउन थालेको स्वास्थ्यकर्मीले बताएका छन् । रुघाखोकी तथा भाइरल ज्वरो भाइरसका कारणले हुने रोग हो । यस्तो अवस्थामा एन्टिवायोटिक खानुपर्ने आवश्यकता पर्दैन । भाइरसले शरीरमा कमजोरी गराउने भएकाले आराम गर्न र प्रशस्त झोल कुरा खाएमा चारदेखि पाँच दिनमा विस्तारै निको हुँदै जान्छ ।

झाडापखाला, टाइफाइड ज्वरो भने व्याक्टेरियल ९जीवाणु० को कारणले भएको हुँदा यसमा स्वास्थ्य परीक्षणपछि मात्र औषधि खानुपर्छ । “धेरैजसो बिरामीले नजिकको औषधि पसलबाट अनुमानको भरमा औषधि खाएको देखिन्छ, यसो गर्नु उचित नभएको स्वास्थ्यकर्मीको भनाइ छ । सामान्य मानिएका मौसमी रोगमा ध्यान नदिँदा स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले सरसफाइ र उचित खानपिनमा ध्यान दिनुपर्ने चिकित्सकले सुझाव दिएका छन् ।
 

Tags :
प्रतिक्रिया दिनुहोस
तपाईमा पनि यस्तै समस्या देखा परेको छ ? सावधान ! चिकित्सकलाई भेटिहाल्नुस्

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनका अनुसार “स्वास्थ्य भनेको रोग तथा दुर्बलताबाट मुक्त हुनु

राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरुद्वारा सामूहिक राजीनामा

काठमाडौं । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर तथा कर्मचारीहरुले सामूहिक राजीनामा दिएका

हेर्नुहोस् २०७६ भदौ ६ गते शुक्रबारको राशिफल

आज मिति २०७६ साल भदौ ६ गते शुक्रबार। ज्योतिष शास्त्रका अनुसार तपाईको दिन

‘प्रेम’लाई सफल बनाउने हो ? अपनाउनुहोस यस्ता उपाय

कुनैपनि व्यक्तिलाई आफू र आफ्नो ‘पार्टनर’को सम्बन्ध राम्रो र सुमधुर होस् भन्ने चाहना