नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि

लोकपथ
63
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दैछ । पार्टीको विधानबारे निर्णय लिएर विधान अधिवेशनको अन्तिम तयारीका सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको हो । माओवादी उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठक विहान ११ बजेबाट राष्ट्रिय सभागृहमा बस्ने जानकारी दिए ।

आइतबार र सोमबार बस्ने बैठकमा पार्टीले सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष अभियान’ को समीक्षा हुने र त्यसबाट आएका सुझावहरूलाई समेटेर विधान सम्मेलनबाट कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल हुने उनले बताए ।

माओवादीले फागुन १ गतेदेखि काठमाडौंमै विधान सम्मेलन गर्दैछ । पार्टीलाई विधानमा संशोधन र आवश्यक सुधार गर्न माओवादी केन्द्रले विधान सम्मेलन गर्न लागेको हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?