१८ फाल्गुन २०८०, शुक्रवार

शाहरुख र सलमानबीच ‘मेगा भिडन्त’

२०८०,माघ,२७,शनिवार १२:३८

5.157k
Shares

काठमाडौं । बलिउड निर्माता आदित्य चोपडा आफ्नो वाईआरएफ स्पाई युनिभर्सलाई अविस्मरणीय र बेजोड नाटकीय अनुभव बनाएर भारतीय फिल्मको सबैभन्दा ठूलो आइपी बनाउने तयारीमा जुटेका छन् । वाईआरएफ स्पाई युनिभर्सको सुरुवात ‘टाइगर’ फ्रेञ्चाइजीबाट भएको थियो, जसमा सलमान खान र कटरीना कैफले अभिनय गरेका थिए ।

स्पाई युनिभर्सले ‘एक था टाइगर(२०१२)’ र ‘टाइगर जिन्दा हे(२०१७)’ बाट सुरु गर्दै ‘वार(२०१९)’को सफलताले एउटा नयाँ उचाइमा पु¥यायो । त्यसपछि वाईआरएफ स्पाई युनिभर्सलाई अर्को उचाइमा पु¥याउन शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहमको अलटाइम ब्लकबस्टर फिल्म ‘पठान’ले सहयोग गर्यो । जसमा सलमान खानले आफ्नो ‘टाइगर’ अवतारमा केमियो गरे ।

यसपछि स्पाई युनिभर्सको अर्को फिल्म ‘टाइगर ३’मा सलमान, कटरीना कैफ र इमरान हासमी प्रमुख भूमिकामा देखिए । अब भने आदित्य अलिक फरक ढंगले आफ्नो स्पाई युनिभर्सलाई अगाडि बढाउने तयारीमा लागि परेका छन् ।

आदित्यले वाईआरएफ स्पाई युनिभर्स फिल्मको कथा इन्टरकनेक्टिभिटीको सुरुवात ‘पठान’बाट गरे । जहाँ उनले जोनद्वारा निभाइएको खलनायक चरित्र ‘जिम’ फिल्म ‘वार’ फ्रेञ्चाइजीका ‘कविर’ चरित्र निभाउने ऋतिक रोशनसँग टिममा सँगै थिए भन्ने खुलासा गरेका थिए ।

‘पठान’मा टाइगर र पठानलाई पहिलोपटक स्क्रिनमा एकसाथ ल्याएर उनीहरु राम्रो साथी हुन् भन्ने देखाए । ‘पठान’ले पुनः ‘टाइगर ३’मा आफ्नो उपस्थिति देखायो र ऋतिकले पनि ईस्टर एग’मा आफ्नो उपस्थिति देखाउँदा ‘वार २’को आधार तयार पार्यो ।

अब भने आदित्यले दुई साथी, टाइगर र पठानबीच ‘चरम’ द्वन्द्व गराउँदैछन् । जसले एक फिल्मको बनाउने छ र दर्शकका लागि त्यो अप्रत्याशित हुनेछ । आदित्य टाइगर भर्सेस पठानको अनुहारलाई ‘चरम द्वन्द्व’मा परिणत गराउँदै वाईआरएफ स्पाई यूनिभर्सको टाइमलाइनमा एउटा नयाँ मोड दिन जाँदैछन् ।

‘आदित्य एक यस्तो फिल्मका साथ भारतका दुई ठूला फिल्म आइकन शाहरुख खान र सलमान खानबिच ‘मेगा भिडन्त’ गराउन चाहिरहेका छन् । जुन टाइगर भर्सेस पठानबीच हिंस्रक टकरावको अग्रदुत हुनेछ । उनी एक यस्तो फिल्म बनाउँदैछन्, जसले अन्तिम प्रदर्शन अघि वाईआरएफ स्पाई यूनिवर्सलाई एकापसमा जोड्नेछ’, आदित्य निकट स्रोतले भनेको छ ।

प्रकाशित मिति: २०८०,माघ,२७,शनिवार १२:३८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । यही फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘उपहार’को नयाँ गीत ‘कहिले बार बिर्सिन्छु’ सार्वजनिक भएको छ ।बिहीबार सार्वजनिक

काठमाडौं । अभिनेता प्रदीप खड्काको प्रमुख भूमिकामा अभिनय रहने फिल्म ‘एक्टर’मा नवअभिनेत्रीका रुपमा दिव्या रायमाझी जोडिएकी छन् । निर्माणपक्ष र

काठमाडौं । अभिनेता अर्पण थापा विशेषत फिल्ममा नकारात्मक चरित्रमा रुचाइएका अभिनेता हुन् । उनले आफूले अभिनय गरेका प्रत्येक फिल्मका चरित्रमा

काठमाडौं । पप स्टार एडेलले स्वास्थ्यको कारण जनाउँदै संगीतबाट केही समय ब्रेक लिने घोषणा गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत

ताजा समाचार

भ्रमण वर्षले चितवनको पर्यटन प्रवर्द्धन टेवा
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:२५
‘फास्ट ट्रयाक २०८३ सम्म तयार हुन्छ’
 २०८०,फाल्गुन,१८,शुक्रवार १५:४०
नेपालले नामिबियालाई हरायो
 २०८०,फाल्गुन,१८,शुक्रवार १५:१३