१७ मङ्सिर २०७९, शनिवार

मेलम्ची चैतमा पनि नआउने: काममा भयो बेवास्ता

२०७४,कार्तिक,१२,आईतवार ०२:११

0
Shares

काठमाडौँ, १२ कात्तिक- मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने जिम्मा पाएको इटालियन कम्पनी ‘सीएमसी डी राभेन्नाँ’ ले काम नगर्दा समयमै पानी आउने अनिश्चितता बढेको छ । आयोजनाले आगामी चैतसम्म मेलम्चीको पानी काठमाडौंमा ल्याउने जनाएको थियो, अन्नपूर्ण पोस्टमा खबर छ सुरुङ खनेपछि गर्नुपर्ने ‘कंक्रिटिङ’को काम बढाउन सीएमसीले अहिलेसम्म बेवास्ता गरेको छ । २७ किलोमिटरमध्ये १ हजार ४ सय मिटर मात्र सुरुङ खन्न बाँकी रहे पनि खनिएको सुरुङ ‘कंक्रिटिङ’को कामले गति लिन सकेको छैन आयोजनाका सिनियर डिभिजन इन्जिनियरराजेन्द्रप्रसाद पन्तले अहिलेसम्म डेढ किलोमिटर मात्र ‘कंक्रिटिङ’ भएको बताए खनिएको सुरुङ ढलान गरेर अन्तिम रूप दिनुलाई ‘कंक्रिटिङ’ भनिन्छ । ठेकेदारले अहिले दैनिक मुस्किलले १० मिटर जति मात्र सुरुङ ‘कंक्रिटिङ’ गर्दै आएको छ । गत वर्ष उपकरण अभावमा समयमा ‘कंक्रिटिङ’ गर्न नसकिएको बताएपछि एसियाली विकास बैंक (एडीबी)ले सीएमसीलाई उपकरण खरिद गर्न रकम उपलब्ध गराएको थियो १५ कात्तिकपछि कामको गतिका आधारमा मात्र मेलम्चीको पानी काठमाडौंंमा कहिले आउँछ टुंगो लाग्ने उनले बताए ।

प्रकाशित मिति: २०७४,कार्तिक,१२,आईतवार ०२:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्डको सचिवालय र नेपाल व्यवसायी संघ कतारबीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ

काठमाडौं । जिल्ला प्रशासन कार्यालय कैलालीले जारी निषेधाज्ञा हटाएको छ । बिहीबार बिहान धनगढी–५ स्थित पिपलचौतारा नजिकै ना १ क

जाजरकोट । झोलुङ्गे पुल माग गर्न थालेको १५ वर्षभन्दा बढी हुँदा पनि पश्चिम जाजरकोटको जुनिचाँदे गाउँपालिका वडा नं ४ र

धनगढी । कैलालीको धनगढीमा ग्रेडरको ठक्करबाट १५ वर्षीया बालिका चेतना साउदको मृत्यु भएको घटनालाई लिएर आन्दोलन चर्किएको छ । किशोरीको

ताजा समाचार

‘नेपाल होटल अवार्ड’ आयोजना हुने
 २०७९,मङ्सिर,१७,शनिवार १०:५९
कुटपिट गरी हत्या गरेको आरोपमा दुई पक्राउ
 २०७९,मङ्सिर,१७,शनिवार ०८:३२
थाहा पाउनुहोस् आजको मौसम
 २०७९,मङ्सिर,१७,शनिवार ०७:५८