१८ फाल्गुन २०८०, शुक्रवार

२८ वर्ष पुरानो गोपीकृष्ण मुभिज हल बन्द हुने

२०८०,माघ,२६,शुक्रवार १४:४४

6.552k
Shares

काठमाडौं । २०५२ सालदेखि सञ्चालनमा आएको काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण मुभिज् आगामी फागुन १ गतेदेखि बन्द हुने भएको छ ।

मुभिजका प्रबन्ध निर्देशक निरक पौडेलले शुक्रबार एक विज्ञप्ती जारी गर्दै फागुन १ गतेदेखि गोपीकृष्ण मुभिज बन्द हुने जानकारी दिएका हुन् ।

‘कोरोनाको संक्रमण कालदेखि नै चलचित्र क्षेत्रमा आएको व्यवसायिक मन्दीका कारण यस प्रालिले व्यहोर्नु परेको ठूलो आर्थिक घाटा तथा राज्यको विद्यमान कर प्रणालीले गर्दा चलचित्र निर्माण, प्रर्दशन तथा वितरणमा देशको अग्रणी स्थानमा रही विगत पाँच दशकदेखि सक्रिय रहेको यस व्यवसायलाई बन्द गर्नुको पीडा ब्यक्त गर्न सकिन्न नै’, विज्ञप्तीमा भनिएको छ ।

प्रबन्ध निर्देशक पौडेलले आजसम्म सबैबाट प्राप्त सहयोग, सद्भाव तथा आत्मीयताका लागि दर्शक, चलचित्र निर्माता, वितरक, प्रदर्शक तथा चलचित्र क्षेत्रका सबै संघ संस्थाहरु, सरकारी निकायहरु आभार व्यक्त गरेका छन् ।

प्रकाशित मिति: २०८०,माघ,२६,शुक्रवार १४:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धन पूरै कार्यकाल टिक्ने विश्वास व्यक्त गरेका छन् ।

काठमाडौं । दुबईमा मृत्युदण्डको सजाय सुनाइएका दुई नेपालीका विषयमा सांसदले सरकारको जवाफ मागेका छन् ।पहलमान मगर र भुवन श्रेष्ठ ब्लडमनी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भजन शिरोमणि भक्तराज आचार्य नेपाली गीत संगीतको आकाशमा बिर्सनै नसक्ने नाम भएको बताएका छन् ।

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणको काम २०८३ सालसम्म सम्पन्न हुने बताएका छन् । लगातार समयावधि

ताजा समाचार

‘फास्ट ट्रयाक २०८३ सम्म तयार हुन्छ’
 २०८०,फाल्गुन,१८,शुक्रवार १५:४०
नेपालले नामिबियालाई हरायो
 २०८०,फाल्गुन,१८,शुक्रवार १५:१३
नामिबियाको चौथो विकेट पतन
 २०८०,फाल्गुन,१८,शुक्रवार १४:३८