काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भन्नु अन्तर्राष्ट्रिय प्रचलन अनुसार भएको बताएका छन् ।
नेकपाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा शुक्रवार संसद भवनमा जारी बैठकमा राष्ट्रपति भण्डारीले ‘मेरो सरकार’ भनेर सम्बोधन गरेकी थिइन् ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा संसदीय दलका नेता ओलीले आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्ने विषय आवश्यकतामा आधारित भएर टिपाउन सांसदलाई निर्देशन दिए । नीति तथा कार्यक्रममा समावेश भएको मेरो सरकार भन्ने प्रसङ्ग अन्तर्राष्ट्रिय प्रचलन अनुसार नै भएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
राष्ट्रपतिले मेरो सरकार भनेर सम्बोधन गर्नु कुनै आपत्तिजनक नभएको उनेले स्पष्ट पारे ।
उता प्रतिपक्षी दल नेपाली कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति भण्डारीले मेरो सरकार भनेर सम्बोधन गरेकोप्रति असहमपत जानाएका थिए ।
सत्तारुढ दलकै सांसदले स्पष्टिकरण माग गरेपछि प्रधानमन्त्रीले त्यसबारे स्पष्टिकरण दिएका हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया